बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

चीनले नेपाली भूमि मिचेको प्रतिवेदन लिक भएपछि बेइजिङलाई तनाव

चीनले नेपाली भूमि मिचेको प्रतिवेदन लिक भएपछि बेइजिङलाई तनाव

  • मिडिया डबली
  • मंगलवार, माघ २५ २०७८

  • 4.8K
    SHARES

  • चीनले नेपाली भूमि मिचेको प्रतिवेदन लिक भएपछि बेइजिङलाई तनाव

    काठमाडौं -  चीनले आफूलाई नेपालको असली मित्र दाबी गर्दै आएको छ । तर त्यही चीनले नेपालका उत्तरी क्षेत्रका दर्जनौ स्थानमा सीमा मिचेको समाचार आउने गरेको छ ।

    गत वर्ष नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले हुम्लामा चीनले भूमि अतिक्रमण गरेको स्थलगत अध्ययन गरेको रिपोर्ट सरकारलाई बुझाएका थिए ।

    त्यसपछि गत भदौमा गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यको नेतृत्वमा रहेको टोलीले हुम्लामा चीनले अतिक्रमण गरेको भनिएको सीमामा गएर अध्ययन गरेको थियो ।

    टोलीमा नापी विभाग, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सीमाविद्हरू रहेका थिए । तर, हालै चीनले नेपाली भूमि अतिक्रमण गरेको सरकारको आधिकारिक प्रतिवेदन ‘लिक’ भएको छ ।

    केही महिनाअघि सरकारी टोलीले हुम्लामा चीनले भूमि अतिक्रमण गरेको विषयमा गरेको आधिकारिक अध्ययन प्रतिवेदन आफूसँग भएको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले जनाएको छ । यो रिपोर्ट नेपाल सरकार आफैंले भने सार्वजनिक गरेको छैन ।

    काठमाडौंस्थित चिनियाँ दूतावासले चीनले नेपाली भूमिमा अतिक्रमण गरेको अस्वीकार गर्दै आएको छ । यो रिपोर्टका विषयमा नेपाल सरकारलाई गरेको प्रश्नको अहिलेसम्म कुनै प्रतिक्रिया नआएको बीबीसीले जनाएको छ ।

    सन् १९६० को शुरुमा दुई देशबीच भएका सीमा सन्धियता नेपालले पहिलोपटक आधिकारिक रुपमा चीनले भूमिमा अतिक्रमण गरेको सो प्रतिवेदनमार्फत दाबी गरेको हो ।

    चीनसँगको धेरै जसो सीमाना निकै दुर्गम पुग्नै कठिन हुने क्षेत्रमा रहेको छ । सीमामा पिल्लरहरु यताउता गरिएका कारणले समेत ठ्याक्कै सीमाना कहाँ अवस्थित छ भनेर थाहा पाउन सकिने अवस्था छैन ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र ११ २०७७०६:२८:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend