बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

चीनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै विराटनगरमा राष्ट्रिय एकता अभियान नेपालले गर्यो प्रदर्शन

चीनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै विराटनगरमा राष्ट्रिय एकता अभियान नेपालले गर्यो प्रदर्शन

  • मिडिया डबली
  • बिहिवार, माघ १३ २०७८

  • 4.1K
    SHARES

  • चीनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै विराटनगरमा राष्ट्रिय एकता अभियान नेपालले गर्यो प्रदर्शन

    मोरङ– चीनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै विराटनगरमा राष्ट्रिय एकता अभियान नेपालले प्रदर्शन गरेको छ । अभियानले नेपालको आन्तरिक मामिलामा चीनले हस्तक्षेप गरेको, सीमा मिचेको, सीमा नाका बन्द गरेको भन्दै चीनविरुद्ध प्रदर्शन गरेको हो ।

    विराटनगरको महेन्द्र चोकबाट शुरु भएको र्‍याली भट्ठा चोकमा पुगेर सकिएको थियो । विरोध प्रदर्शनका क्रममा प्रदर्शनकारीले चिनियाँ राष्ट्रपति सी जिनपिङको फोटोसमेत जलाएका थिए। अभियानका मोरङ संयोजक जितेन्द्र यादवले नेपालको आन्तरिक मामिलामा चिनियाँ हस्तक्षेप बढिरहेकाले सचेत पार्न आन्दोलनमा उत्रनुपरेको बताए ।

    राष्ट्रिय एकता अभियानका संयोजक विनय यादवले नेपालमा चिनियाँ गुप्तचर संस्था एमएससले गतिविधि बढाइरहेको, नेपालको अन्य देशसँगको सम्बन्धमा खेल्ने गरेको, चिनियाँ राजदूत नेपालको आन्तरिक मामिलामा खेलिरहेको, सीमा मिचेको, सीमा नाका एकतर्फी रुपमा बन्द गरेको, चीनमा अध्ययन गरिरहेका विद्यार्थीलाई फर्कन नदिई भविष्य अन्यौलमा पारिदिएको भन्दै चीनबिरुद्ध प्रदर्शन गर्नुपरेको बताए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र ११ २०७७०६:२८:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend