आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

'स्मार्ट लकडाउन' गर्ने सरकारको तयारी, महामारी नियन्त्रणका लागि दुई साता अभियान नै चलाउने निर्णय

'स्मार्ट लकडाउन' गर्ने सरकारको तयारी, महामारी नियन्त्रणका लागि दुई साता अभियान नै चलाउने निर्णय

  • मिडिया डबली
  • शुक्रवार, पौष २३ २०७८

  • 5.4K
    SHARES

  • 'स्मार्ट लकडाउन' गर्ने सरकारको तयारी, महामारी नियन्त्रणका लागि दुई साता अभियान नै चलाउने निर्णय
    फाइल तस्वीर

    काठमाडाैँ - सरकारले कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट संक्रमणको संख्या बढ्दै गए 'स्मार्ट लकडाउन' गर्ने तयारी गरेको छ ।

    सिहदरबारमा शुक्रबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसीसी) निर्देशक समितिको बैठकमा ओमिक्रोन भेरियन्ट संक्रमणको संख्या बढ्दै गए आवश्यकता अनुसार स्मार्ट लकडाउन गर्ने बिषयमा छलफल भएको हो ।

    स्वास्थ्यमन्त्री विरोध खतिवडाले एकसाताको अवधिमा संक्रमितको संख्या बढ्दै गएमा आवश्यकता अनुसार केहि क्षेत्र मात्र बन्द गर्ने गरि 'स्मार्ट लकडाउन' मा जाने बिषयमा छलफल भएको जानकारी दिएका छन्।

    उनले पहिलेजस्तो सवै क्षेत्र बन्द गर्ने सोचमा सरकार नरहेको र अव केहि स्थान वा केहि क्षेत्रमात्र बन्द गर्नेगरि स्मार्ट लकडाउनको अवधारणालाई अघि बढाइने जानकारी दिएका हुन् ।

    बैठकमा कोरोनाबिरुद्धको खोप अभियानलाई तीव्रता दिन र बुष्टर डोजको व्यवस्था गर्न प्रधानमन्त्रीले निर्देशन दिएको मन्त्री खतिवडाले जानकारी दिएका छन्।

    बैठकले कोरोना महामारी नियन्त्रण र रोकथामका लागि दुई साता अभियान नै चलाउने निर्णय गरेको छ । स्वास्थ्य मन्त्री खतिवडाले कोरोना नियन्त्रण र उपचारका लागि सरकारले उचित व्यवस्थापन गरेको दावी गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, भाद्र ३ २०७७०१:०३:३९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend