आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

काठमाडौं उपत्यकामा फेरी 'लकडाउन' हुने, यस्तो छ सरकारको तयारी

काठमाडौं उपत्यकामा फेरी 'लकडाउन' हुने, यस्तो छ सरकारको तयारी

  • मिडिया डबली
  • मंगलवार, भाद्र २ २०७७

  • 19.7K
    SHARES

  • काठमाडौं उपत्यकामा फेरी 'लकडाउन' हुने, यस्तो छ सरकारको तयारी
    फाइल तस्वीर

    काठमाडौं– सरकारले काठमाडौं उपत्यकामा ' लकडाउन' (निषेधाज्ञा) लागू गर्ने तयारी गरेको छ। कोरोना संक्रमण भयावह हुने स्थिति देखिएपछि काठमाडौं उपत्यकामा पनि निषेधाज्ञा लागू गर्ने तयारी भएको हो।

    भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीबीच आन्तरिक छलफल भइरहेको हो।

    उनका अनुसार काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले गत ३० गते रातिदेखि लागू हुने गरी विभिन्न आदेशहरू दिएका थिए।

    अत्यावश्यक बाहेकका पसल बन्द गर्न, भिडभाड, जात्रा, सभा, जुलुस, महोत्सव जस्ता गतिविधि नगर्न, सरकारले जारी गरेका स्वास्थ्यका मापदण्ड पालना गर्न आम सर्वसाधारणलाई आग्रह गरिएको थियो। तर भीडभाड नरोकिने र कतिपय मानिस स्वास्थ्यका मापदण्ड पालना गर्न आनाकानी गर्ने गर्न थालेपछि थप कडाइ गर्नुपर्ने अवस्था आएको बताइन्।

    अत्यावश्यकबाहेक सबै गतिविधि बन्द हुने गरी निषेध लागू गर्ने तयारी भइरहेको हो। तीनवटै जिल्ला प्रशासन कार्यालयहरु गृहमन्त्रालयको निर्देशनको पर्खाइमा रहेको र निर्देशन नआए आफै निर्णय लिने तयारीमा रहेको पाण्डेले बताइन्।

    यस विषयमा सरकारले पनि छलफल गरिरहेको उनको भनाइ छ। अहिले देशका ७७ जिल्लामध्ये आधाभन्दा बढी जिल्लामा निषेधाज्ञा लागू गरिएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, भाद्र ३ २०७७०४:११:०५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend