आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

भोलि रातिदेखि  काठमाडौंमा एकहप्ता लकडाउन !

भोलि रातिदेखि  काठमाडौंमा एकहप्ता लकडाउन !

  • मिडिया डबली
  • मंगलवार, भाद्र २ २०७७

  • 13.3K
    SHARES

  • भोलि रातिदेखि  काठमाडौंमा एकहप्ता लकडाउन !
    फाइल तस्वीर

    काठमाडौं- भोलि (बुधबार) देखि काठमाडौं उपत्यकामा एक साताका लागि लकडाउन हुने भएको छ । 

    काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला सुरक्षा समितिको मंगलबार साँझ बसेको संयुक्त बैठकले तीनवटै जिल्लामा  लकडाउन गर्ने निर्णय गरेको हो ।

    सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि जिल्लास्तर वा जिल्ला भित्र लकडाउन, निषेधाज्ञा गर्न सक्ने गरी सबै अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिएको थियो।

    सोही अनुसार काठमाडौंमा तीब्ररुपमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि जिल्ला प्रशासनले लकडाउन गर्ने निर्णय गरेको हो।

    सोमबार बसेको मन्त्रिपरिषद बैठकले जिल्ला कोभिड–१९ व्यवस्थापन समिति (डीसीसीएमसी)लाई सो अधिकार सुम्पिएको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि एवं अर्थ मन्त्री डा। युवराज खतिवडाले जानकारी दिए।

    यसअघि सरकारले करिब चार महिना देशव्यापी लकडाउन गरेकोमा साउन ७ गते लकडाउन खुलेपछि देशब्यापी लकडाउन नगर्ने बरु स्थानीय आवश्यकता अनुसार सम्बन्धित जिल्ला वा स्थानीय तहमा लकडाउन गर्न सकिने बताएको थियो। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, भाद्र ३ २०७७०४:११:०५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend