सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

राप्रपा र एमालेका नेताहरु कांग्रेसमा प्रवेश, बस्नेतले गरे भब्य स्वागत

राप्रपा र एमालेका नेताहरु कांग्रेसमा प्रवेश, बस्नेतले गरे भब्य स्वागत

  • मिडिया डबली
  • बुधवार, पौष १४ २०७८

  • 8.5K
    SHARES

  • राप्रपा र एमालेका नेताहरु कांग्रेसमा प्रवेश, बस्नेतले गरे भब्य स्वागत

    सिन्धुपाल्चोक-  कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले आगामी निर्वाचनमा कांग्रेसले बहुमत ल्याउने दाबी गरेका छन् ।

    सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका– ८ खिपिङमा राप्रपा र एमालेका स्थानीय नेता कार्यकर्तालाई कांग्रेसमा प्रवेश गराउने क्रममा नेता बस्नेतले कांग्रेसको जित सुनिश्चित रहेको बताएका छन्।

    कम्युनिस्टबाट वाक्क दिक्क भएका जनताले कांग्रेसको चुनाव चिन्ह ‘रुख’ दिएर विजयी बनाउने जानकारी दिएका छन्। पार्टीको १४औँ महाविधेशनबाट कांग्रेस थप उर्जा लिएर आएको बताएका नेता बस्नेतले स्थानीय तह, प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा कम्युनिस्टलाई पत्तासाफ बनाउनुपर्ने उल्लेख गरेका छन् ।

    कम्युनिस्टहरू विकास विरोधी भएको बताएका नेता बस्नेतले झण्डै दुईतिहाइको कम्युनिस्ट सरकार बनाउँदा पनि कम्युनिस्टले कार्य गर्न नसकेको उनले दाबि गरेका छन्।

    नेता बस्नेतले एमाले र राप्रपाका करीव ५० जना नेता कार्यकर्तालाई कांग्रेसमा स्वागत गरेका छन् । कांग्रेस प्रवेश गर्नेहरूमा शम्भु भण्डारी, दीपक भण्डारी, सुवास भण्डारी, शेखर पौडेल, सागर भण्डारी, उमेश पौडेल, दीपक राउत, रामजी मगर, गोकुल पौडेल राजकुमार पौडेल, राजेन्द्र भण्डारी, ईश्वर भण्डारी लगायतका रहेका छन् ।

    नवप्रवेशीहरूले विगत २ दशकभन्दा धेरै समयदेखि कम्युनिस्ट पार्टीमा रहँदासम्म पनि जनताका लागि कुनै पनि काम नगरेको बताए । उनीहरूले कम्युनिस्टलाई गफाडीहरूको झुण्डको संज्ञा दिएका छन् ।

    कार्यक्रममा महाधिवेशन प्रतिनिधिहरू डा.प्रेमध्वज लामा, युधिर पौडेल, वडा इकाई सभापति हीरा तामाङ, उप–सभापति गेहेन्द्र भण्डारी लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, माघ २२ २०७७०५:५२:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend