काठमाडौं - नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन आगामी पुस २७ गते हुने गरी कार्यतालिका तोकेको छ । १४औं महाधिवेशन सकिएपछि कांग्रेसले पहिले स्थगित गरिएका १६ जिल्लामा जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो ।
कांग्रेसको यो निर्णयसँगै १६ जिल्लामा सभापति को हुने भन्ने चर्चा सुरु भएको छ । यतिबेला सिन्धुपाल्चोकमा कांग्रेसको सभापति को बन्ला भन्ने चासो सुरु भएको छ ।
संस्थापन पक्ष र इतर समूह आ–आफ्नो रणनीति बनाइरहेका छन् । इतर समूहले अहिलेसम्म सभापतिको उम्मेदवार तय गर्न सकेको छैन । संसथापन समूहबाट भने प्रेमध्वज लामाको चर्चा सुरु भएको छ ।
नेविसंघका पूर्वकेन्द्रीय सदस्य लामा बौद्धिक भएको र पार्टीको संगठन गर्न सक्ने भएकाले उनलाई जिल्ला सभापतिको उम्मेदवार बनाउन लागिएको हो । उनलाई कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको समेत समर्थन रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।