सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images
राजनीतिक बिशेष

सिन्धुपाल्चोक जिल्ला मोहन बस्नेतको किल्ला सावित, ५२ मध्ये ३३ प्रतिनिधि संस्थापन समूहबाट निर्वाचित

सिन्धुपाल्चोक जिल्ला मोहन बस्नेतको किल्ला सावित, ५२ मध्ये ३३ प्रतिनिधि संस्थापन समूहबाट निर्वाचित

  • मिडिया डबली
  • सोमवार, मंसिर १३ २०७८

  • 4.6K
    SHARES

  • सिन्धुपाल्चोक जिल्ला मोहन बस्नेतको किल्ला सावित, ५२ मध्ये ३३ प्रतिनिधि संस्थापन समूहबाट निर्वाचित

    काठमाडौं - सिन्धुपाल्चोक जिल्ला फेरि एकपटक नेता मोहनबहादुर बस्नेतको किल्लाका रूपमा स्थापित भएको छ । वर्तमान जिल्ला सभापति विकास लामाको दादागिरीविरुद्ध सिन्धु कांग्रेसका कार्यकर्ता आजित भएका थिए ।

    सोही कारण नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत आइतबार सम्पन्न प्रतिनिधिसभा क्षेत्रीय महाधिवेशनबाट चुनिएका प्रतिनिधिमा संस्थापन पक्षको बर्चश्व देखिएको छ ।

    क्षेत्रीय सभापतिसहित कुल ५२ महाधिवेशन प्रतिनिधिका लागि भएको निर्वाचनमा संस्थापन पक्षका (देउवा समूह) का एक क्षेत्रीय सभापतिसहित ३३ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

    इतर पक्ष (पौडेल समूह) बाट एक क्षेत्रीय सभापतिसहित २० जना महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । प्रदेश २ को प्रत्यक्ष खुलातर्फ वंशलाल तामाङ, विकास लामा, निमा लामा, बिलबहादुर तामाङ, राजेन्द्रबहादुर गोर्खाली, जिमी लामा, निमाग्याल्जेन शेर्पा, विकास तामाङ, सागारकुमार श्रेष्ठ, भरत खड्का चयन भएका छन् ।

    प्रत्यक्ष महिलातर्फ जमुना मोक्तान तामाङ, करिना पुरी, गंगा चापागाई, लक्ष्मी सुनार छन् । खस आर्य खुलातर्फ बासुदेव अधिकारी र उद्धव बानियाँ, खस आर्य महिलातर्फ गोपिनी गिरी,आदिवासी जनाजाति खुलामा प्रकाश गुरुङ, श्री लामा र कालिका गोले चयन भएका छन् ।

    आदिवासी जनजाति महिलामा सर्वसम्मत रहेकामा रेनुका श्रेष्ठ, सानुमैया, हिमालय,सविता गुरुङ हुन् । मधेसी वा थारु वा मुस्लिम वा अल्पसंख्यकबाट शिवहरि नेपाल चयन भएका छन् ।

    कांग्रेस सिन्धुपाल्चोकको प्रतिनिधिसभा १ को अधिवेशनमा मोहनबहादुर बस्नेत डा. प्रेमध्वज लामा, हरिशरण श्रेष्ठ, श्रवणकुमार जिसी (विनोद), भोला बोहरा , राजेन्द्रकुमार श्रेष्ठ, विष्णुबहादुर खत्री, रामबहादुर लामा र जंगबहादुर लामा विजयी भएका छन् ।

    इतर खेमाका दोर्जे लामा हाउडेसमेत महाधिवेशन प्रतिनिधिमा चुनिएका छन् । कांग्रेसको महाधिवेशन प्रतिनिधिमा महिलाबाट लीलाकुमारी नेपाल, गेल्मु शेर्पा बुढाथोकी, शर्मिला घिमिरे खड्का र मसिना खड्का भण्डारी निर्वाचित भएका छन् ।

    खस आर्यतर्फ युधिर पौडेल, रामकुमार थापा, आदिवासी जनजातितर्फ पासाङ नोर्बु शेर्पा, हिमालकुमार श्रेष्ठ, ङिमा जाङ्मु शेर्पा निर्वाचित भएका छन् । अल्पसंख्यक कोटाबाट भने प्रेम लामा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, माघ २२ २०७७०५:५२:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend