आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

आज कस्तो छ देशभरको मौसम ? 

आज कस्तो छ देशभरको मौसम ? 

  • मिडिया डबली
  • आइतवार, कार्तिक २८ २०७८

  • 3.7K
    SHARES

  • आज कस्तो छ देशभरको मौसम ? 

    काठमाडौं – वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न सामान्य सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

    केही दिनयता राजधानी काठमाडौंसहित देशभर चिसो बढ्दै गएको छ । तराईका जिल्लाहरुमा बिहानपख हुस्सु तथा कुहिरो देखिन थालेको छ ।

    अधिकतम र न्यूनतम तापक्रम घट्दै गएकाले चिसो थप बढ्न सक्ने महाशाखाले जनाएको छ । घट्दो क्रममा रहेको अधिकतम र न्यूनतम तापक्रमबीचको दूरी बढेमा बढी चिसो महसूस हुने जनाइएको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार आज आईतबार १ नम्बर प्रदेशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली र अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहने भएको छ ।

    आईतबार बिहान देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

    आईतबार राति प्रदेश १, गण्डकी र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली हुने पूर्वानुमान गरिएको छ । अन्य प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जानकारी दिएको छ ।

    गण्डकी प्रदेशका हिमाली भूभागका १/२ स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ । महाशाखाका अनुसार हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली देखिएको छैन ।

    यस्तो छ आगामी ३ दिनको मौसम –

    मौसम विश्लेषण (Meteorological Analysis)

    हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन।

    हाल मौसमको अवस्था (Present Weather Status)

    हाल देशका पहाडी भू-भागहरुमा आंशिक  बदली  रही  बाँकी भू-भागको मौसम सामान्यतया सफा  रहेको  छ ।

    आगामी तीन दिनको मौसम पूर्वानुमान

    २०७८ कार्तिक २८ गते (आईतबार) 

    दिउँसो:  देशका प्रदेश  १ का पहाडी  भू-भागहरुमा आंशिक देखि सामान्य वदली र अन्य प्रदेशका पहाडी  भू-भागहरुमा आंशिक बदली रही वाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहने छ। 

    राती: देशका प्रदेश  १, गण्डकी प्रदेश  र सु.प. प्रदेशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य वदली तथा अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक  बदली रही  बाँकी  भू-भागहरुमा मौसम सामान्यतया सफा  रहने छ। गण्डकी प्रदेशका हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावाना छ ।

    २०७८ कार्तिक २९ गते (सोमबार) 

    दिउँसो:  देशका प्रदेश  १ लगायत अन्य प्रदेशका पहाडी  भू-भागहरुमा आंशिक बदली रही वाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश  १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावाना छ ।

    राती: देशको पहाडी भू-भागहरुमा आंशिक बदली  रही  बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा  रहने छ।  

    २०७८ कार्तिक ३० गते (मंगलबार) 

    दिउँसो:  प्रदेश  १, वागमती प्रदेश र गण्डकी प्रदेशका  पहाडी  भू-भागहरुमा आंशिक बदली रही वाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहने छ। 

    राती: देशको पहाडी भू-भागमा आंशिक बदली  रही  बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा  रहने छ। 

      
    आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)

    वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न  सामान्य  सतर्कता अपनाउनु  हुन  अनुरोध छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, भाद्र ३१ २०७७०९:५४:५६

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend