आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कस्तो छ आजको मौसम ?

कस्तो छ आजको मौसम ?

  • मिडिया डबली
  • शनिवार, आषाढ ६ २०७७

  • 7.2K
    SHARES

  • कस्तो छ आजको मौसम ?

    काठमाडौँ- देशभर सामान्यतया बदली रही थोरै स्थानहरूमा हल्का देखी मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतको पूर्वी उत्तर प्रदेशको भू-भागमा न्युन चापीय प्रणाली रहेको जनाएको छ ।

    शनिवार दिउँसो सुदूर पश्चिम प्रदेश मा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पुर्ण बदली रहने महाशाखाले जानकारी दिएको छ । यस्तै प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै स्थानहरूमा साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ।

    प्रदेश १,बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का एक वा दुइ स्थानमा भारी वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ। शनिवार राती सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेश मा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पुर्ण बदली रहनेछ।

    प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै स्थानहरूमा साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ भने प्रदेश ५, बागमती प्रदेश, प्रदेश १, गण्डकी प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ ।

    आगामी २४ घन्टा भित्र प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै स्थानहरूमा साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ साथै प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेश का एक वा दुइ स्थानमा भारी वर्षाको पनि संभावना रहेको छ ।

    ती क्षेत्रहरूका नदीमा पानीको बहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने संभावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, माघ ३ २०७७०८:३७:१७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend