आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

काठमाडौंसहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा, कहाँ- कहाँ छ खतरा ?

काठमाडौंसहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा, कहाँ- कहाँ छ खतरा ?

  • मिडिया डबली
  • बुधवार, भाद्र ३१ २०७७

  • 7.3K
    SHARES

  • काठमाडौंसहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा, कहाँ- कहाँ छ खतरा ?
    फाइल तस्बिर

    काठमाडौँ- काठमाडौं उपत्यकासहित देशका केही स्थानमा सिमसिम पानी परिरहेको मौसमविद्ले जानकारी दिएका छन्। महाशाखाका अनुसार हाल नेपालमा मनसुनको न्यून चापीय रेखा दक्षिणतर्फ रहेको छ । 

    न्यून चापीय रेखाका कारण हाल हाल देशभर सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश,  गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका केही स्थानहरु मेघगर्जन, चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ । यता, प्रदेश १ र गण्डकी प्रदेश का एक÷दुई स्थानमा भारी वर्षा भएको छ।

    यसैगरी, बुधबार दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । भने, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

    यस्तै, राति देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । यता, प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानहरुमा राति भारी वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ । 

    महाशाखाले भन्यो :  होसियारी अपनाउन २४ घण्टे अपिल 

    प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, माघ ३ २०७७०८:३७:१७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend