आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

आजको मौसमी अवस्थाबारे यस्तो छ पूर्वानुमान

आजको मौसमी अवस्थाबारे यस्तो छ पूर्वानुमान

  • मिडिया डबली
  • बिहिवार, कार्तिक २५ २०७८

  • 3.2K
    SHARES

  • आजको मौसमी अवस्थाबारे यस्तो छ पूर्वानुमान

    काठमाडौं – आज बिहीबार देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । 

    आज बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले अहिले बिहान देशका पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ ।

    बिहीबार राति पनि दिउँसोको जस्तै मौसमी प्रणाली रहेर पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ ।

    हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको असर नपरेको जनाइएको छ । वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न सामान्य सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

    यस्तो छ आगामी ३ दिनको मौसमी पूर्वानुमान –

    मौसम विश्लेषण (Meteorological Analysis)

    हाल नेपालमा  कुनै उल्लेखनीय मौसमी प्रणालीको असर छैन।

    हाल मौसमको अवस्था (Present Weather Status)

    हाल देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकि भू-भागको मौसम सामान्यतया सफा रहेको छ ।

    आगामी तीन दिनको मौसम पूर्वानुमान

    २०७८ कार्तिक २५ गते (बिहिबार) 

    दिउँसो:  देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। 

     राती: देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। 

    २०७८ कार्तिक २६ गते (शुक्रबार) 

    दिउँसो:  देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहने छ। 

    राती: देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। 

    २०७८ कार्तिक २७ गते (शनिबार) 

    दिउँसो:  देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। 

    राती: देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। 

    आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)

    वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसो बाट बच्न सामान्य सतर्कता अपनाउनु हुन अनुरोध छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, भाद्र ३१ २०७७०९:५४:५६

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend