अफगानिस्तान - अफगानिस्तानको कंधारमा नमाजको समय भएको आत्मघाती विस्फोटमा मर्नेहरूको संख्या बढेर 62 पुगेको छ। यो हमला शुक्रवार कंधारको शिया मस्जिदमा नमाज पढिरहेका मानिसहरूमाथि गरिएको थियो।
यस घटनामा 68 घाइते भएका छन्। घटनाको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन। जानकारी अनुसार आत्मघाती हमलवारहरूले नमाज पढिरहेका मानिसहरूको बीचमा आएर आफैलाई उडाए। विस्फोटपछि इमाम बरगाह मस्जिदभित्रको जुन फोटो र भिडियो इन्टरनेट मिडियामा पोस्ट गरिएको छ त्यो विचलित गर्ने खालको छ।
प्रत्यक्षदर्शीहरूका अनुसार विस्फोटपछि जमीन र भित्ता रगतले रंगिएको थियो। शरीरका टुक्राहरू जमीनभरि छरपस्ट भएको थियो। विस्फोटबाट उठेको धुॅंवाले हलको भित्ता निकै माथिसम्म कालो भएको छ। विस्फोटपछि पनि लामो समयसम्म मस्जिदमा बारूदको गन्ध रहिरहेको थियो।
तालिबान र आईएस सुन्नी मुसलमानहरूको अतिवादी संगठन हो। शिया आबादीको सबैभन्दा ठूलो देश ईरानले उक्त हमलाको कडा शब्दमा निन्दा गरेको छ। काबुलस्थित ईरानी दूतावासले आतंकी हमला रोक्न तालिबान समक्ष कडा व्यवस्थाको अपेक्षा गरेको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।