बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

चिनियाँ नाकाबन्दीका कारण १५०० मेट्रिक टन मल नाकामै अड्कियो 

चिनियाँ नाकाबन्दीका कारण १५०० मेट्रिक टन मल नाकामै अड्कियो 

  • मिडिया डबली
  • मंगलवार, कार्तिक २ २०७८

  • 3.8K
    SHARES

  • चिनियाँ नाकाबन्दीका कारण १५०० मेट्रिक टन मल नाकामै अड्कियो 

    काठमाडौं - चिनियाँ अघोषित नाकाबन्दीका कारण १५०० मेट्रिक टन मल तातोपानी नाकामै अड्किएको छ। २८ सेप्टेम्बरमा तातोपानी नाकामा पुर्‍याइएको १५०० मेट्रिक टन मल नाकाबाट ल्याउन नपाइएपछि परराष्ट्र मन्त्रालयले काठमाडौंस्थित चिनियाँ दूतावासलाई पत्र पठाएको छ। 

    सीमित सवारीहरुमात्र नाकाबाट पास हुन दिने प्रावधानका कारण १५०० मेट्रिक टन मल नेपाल काठमाडौं आउन नसकेकोले सहजीकरण गरिदिन परराष्ट्रले चिनियाँ दूतावासलाई पत्र पठाएको हो। 

    चीनबाट ल्याइएको मल समयमा किसानहरु नपाउँदा समस्या भएकोसमेत पत्रमा उल्लेख छ। मन्त्रालयले पठाएको पत्रमा लेखिएको छ, 'दूतावसाले उक्त मल नाकाबाट पास गराउनका लागि सहजीकरण गरिदिए पशंसनीय हुनेछ। 

    दूतावासले यसरी सहजीकरण गरिदिएको अवस्थामा नेपाललाई चीनले उच्च प्राथमिकता दिएको स्पष्ट हुनेसमेत पत्रमा उल्लेख गरिएको छ। 

    चिनियाँ नाकाबन्दीका कारण करिब ११ सय ट्रक तथा लरीहरु चिनियाँ नाकामा अलपत्र परेका छन्। तर, चीनले भने दैनिक १० वटा ट्रक तथा लरीका दरले तातोपानी नाकाबाट पास हुन अनुमति दिएको छ।

    246824070_1066569037434690_978911893343392418_n.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र ११ २०७७०६:२८:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend