आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

फेरि अर्काे बस दुर्घटना : कति मृत्यु, कति घाइते ?

फेरि अर्काे बस दुर्घटना : कति मृत्यु, कति घाइते ?

  • मिडिया डबली
  • सोमवार, कार्तिक १ २०७८

  • 3.9K
    SHARES

  • फेरि अर्काे बस दुर्घटना : कति मृत्यु, कति घाइते ?
    फाइल तस्बिर

    काठमाडौं – विजयादशमीको आसपास एकपछि अर्काे दुर्घटनामा खबर सार्वजनिक भइरहेका बेला नुवाकोटबाट काठमाडौंतर्फ जाँदै गरेको बस किस्पाङ गाउँपालिका–५ मनकामनामा दुर्घटना भएको छ ।

    केही दिनअघि मुगुमा दुर्घटना हुँदा ३२ जनाको मृत्यु भएको थियो । 

    सोमबार मनकामनामा भएको दुर्घटनामा १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा परी गम्भीर घाइते भएर उपचारका लागि हेलिकप्टरमार्फत् काठमाडौं पठाइएका किस्पाङ–१ का रमेश तामाङको मृत्यु भएको छ । ३८ वर्षीय तामाङको उपचारका क्रममा ग्रान्डी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर वलीले बताए । वलीले गम्भीर अवस्थाका थप ९ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

    दुर्घटनामा घाइते भएकामध्ये बाँकी ८ जनाको त्रिशूली अस्पताल नुवाकोटमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये अधिकांशको हात र खुट्टा भाँचिएकाले उपचार भइरहेको छ ।

    किस्पाङ गाउँपालिका–१ भाल्चेबाट त्रिशुली हुँदै काठमाडौं जान लागेका बेला बा४ख ५७६२ नम्बरको बस सोमबार बिहान ११ बजे मनकामना आइपुग्दा बे्रकले काम नगरेसँगै दुर्घटनामा परेको हो । यात्रुले खचाखच भरिएको केरुङ यातायात प्रालिको बस मनकामनाको धारापाखोमा अनियन्त्रित भएर दुर्घटनामा हुँदा चालकसहित ५३ जना घाइते भएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, मंसिर १२ २०७७०८:३८:५३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend