काठमाडौं – देशभर महान् पर्व दशैंको चहलपहल बढेका बेला ठूलो शोक परेको छ ।
मुगुमा भएको एकै दुर्घटनामा ३२ जनाको मृत्यु भएको छ ।
प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार बस दुर्घटनामा २४ जनाको घटनास्थल, ४ जनाको उद्धारका क्रममा ताल्चा विमानस्थल र बाँकी ४ जनाको नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमा २२ पुरुष र १० महिला रहेका प्रहरीले जनाएको छ ।
नेपालगञ्जबाट मुगुको सदरमुकाम गमगढी जाँदै गरेको भे१ख ३१६७ नम्बरको बस मंगलबार मध्याह्न १२ बजेतिर छायाँनाथ रारा नगरपालिका–७ स्थित पिनाटपने खोलामा दुर्घटनामा परेको हो । प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक (इन्सपेक्टर) जीवन लामिछानेले चालक दलबहादुर रावलसहित ३२ जनाको मृत्यु भएको जानकारी दिए । दुर्घटनामा मृत्यु भएका अन्य यात्रुको सनाखत भएको छैन ।
प्रहरीले चालक पट्टिको टायर पन्चर भएर दुर्घटना भएको हुनसक्ने अनुमान गरेको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।