आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

ट्विटरमा भारतीय उत्पादन बहिष्कार अभियानमा कतार, पाकिस्तान र टर्की नेक्सस रहेको खुलासा, निशानामा साउदी अरब

ट्विटरमा भारतीय उत्पादन बहिष्कार अभियानमा कतार, पाकिस्तान र टर्की नेक्सस रहेको खुलासा, निशानामा साउदी अरब

  • मिडिया डबली
  • सोमवार, आश्विन २५ २०७८

  • 4.7K
    SHARES

  • ट्विटरमा भारतीय उत्पादन बहिष्कार अभियानमा कतार, पाकिस्तान र टर्की नेक्सस रहेको खुलासा, निशानामा साउदी अरब

    नयाँदिल्ली - अरेबियक ट्विटरहरुमा बाइकटइण्डिनप्रोडक्ट ह्यासट्याग ट्रेन्डिङमा आएको छ। कतार, टर्की र पाकिस्तानले मुस्लिम भातृत्वको नाममा भारतविरुद्ध यस्तो अभियान चलाइएको पाइएको छ। यस विषयमा इजिप्टमा पनि ट्रोल ह्यान्डलहरुमा यो अभियान चलिरहेको पाइएको एक रिपोर्टले देखाएको छ। 

    डिस्इन्फो ल्याबले तयार पारेको रिपोर्ट अनुसार एक फरक कानूनी इकाईको रूपमा फर्जी समाचार र प्रचारको गर्दै जनतामा अशान्ति पैदा गर्ने मनसायले यो अभियान चलाएको खुलेको हो। 

    रिपोर्टका अनुसार मुस्लिम ब्रदरहुडका नेताहरुले आसाममा एक निष्कासन अभियानको क्रममा प्रहरीले गोली चलाउँदा एकजनाको मृत्यु भएको थियो। ती व्यक्ति मुस्लिम रहेका थिए।

    मुस्लिमविरुद्ध भारतले गोली चलाएको भन्दै भारतको आर्थिक हितमा चोट पुर्‍याउनका लागि यो अभियान चलाइएको पाइएको हो। पाकिस्तान र टर्कीमा ट्विटर ह्यान्डलहरुले नक्कली भिडियोहरु प्रयोग गरेर र तथ्यहरुलाई गलत तरिकाले प्रस्तुत गरी ह्यासट्यागलाई जोड दिएको पाइएको छ। 

    रिपोर्टले अभियानको वास्तविक लक्ष्य साउदी अरब र यसका क्राउन प्रिन्स मोहम्मद बिन सलमान रहेको पनि दाबी गरेको छ। भारतसंग सौहार्दपूर्ण सम्बन्ध राखेको उनलाई दबाब दिनका लागि कतार, पाकिस्तान र टर्की गठबन्धनले साउदी अरबलाई पनि इस्लामिक संसारको नियन्त्रणमा ल्याउन दबाब दिनका लागि यो अभियान चलाएको पाइएको हो ।

    यसअघि फ्रान्सविरूद्ध पनि यस्तै अभियान चलाइएको थियो, त्यसैले नेक्सस इस्लामिक विश्वमा विशाल अनुपातको एक बहिष्कृत अर्थव्यवस्था बनाउन लागि रहेको बताइएको छ। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आषाढ २६ २०७७०८:१६:३७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend