काठमाडौं - रसुवालगायत देशका विभिन्न क्षेत्रमा आएको बाढीले जनधनको ठूलो क्षति पुर्याइरहेका बेला नेपाली कांग्रेस मधेश प्रदेश कार्यसम्पादन समिति सदस्य तथा स्वास्थ्य विभाग प्रमुख शर्मिला थापाले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा १ लाख रुपैयाँ सहयोग गरेकी छन्।
सर्लाहीको लालबन्दी नगरपालिका–९ निवासी थापाले बाढी प्रभावित परिवारको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुग्ने उद्देश्यले व्यक्तिगत रूपमा उक्त रकम प्रधानमन्त्री राहत कोषमा प्रदान गरेकी हुन्।
विपद्को पीडामा परेका नागरिकको साथमा उभिनु सबैको मानवीय दायित्व भएको उल्लेख गर्दै थापाले आफूले सक्ने सहयोग गरेको बताएकी छन्। उनले सामाजिक सञ्जालमार्फत पनि देशभरका बाढीपीडितको सहयोगका लागि सबैलाई आ–आफ्नो ठाउँबाट योगदान गर्न आग्रह गरेकी छन्।
थापाले भनिन्, “देश अहिले बाढीको पीडामा छ। यस्तो दुःखद घडीमा बाढीपीडित परिवारहरूको साथमा उभिनु हामी सबैको मानवीय दायित्व हो। यही भावनाका साथ व्यक्तिगत तर्फबाट सरकारको राहत कोषमा १ लाख रुपैयाँ सहयोग गरेकी हुँ।”
उनले विपद्को यस कठिन घडीमा आफ्नो सानो सहयोगले समेत पीडित परिवारको दुःखमा केही राहत र आशा थप्न सकोस् भन्ने अपेक्षा व्यक्त गरेकी छन्।
बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारको प्रयास मात्र पर्याप्त नहुने भन्दै थापाले नागरिकस्तरबाट पनि सहयोग र सहकार्य आवश्यक रहेको बताइन्।
“विपद्को यस कठिन समयमा पीडित परिवारहरूको दुःखमा केही राहत र आशा थपियोस् भन्ने कामना गर्दछु। सक्ने सबैले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गरौँ,” उनले आग्रह गरेकी छन्।
नेतृ थापाले यसअघि पनि विभिन्न कठिन परिस्थिति र समस्यामा परेका व्यक्तिहरूलाई सहयोग गर्दै आएकी छन्। बाढीबाट देशका विभिन्न क्षेत्र प्रभावित भइरहेका बेला उनको सहयोगले विपद्पीडितप्रति सामाजिक उत्तरदायित्व र मानवीय सहकार्यको सन्देश दिएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।