आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

रसुवा–नुवाकोटको विनाशकारी बाढीपछि जयशंकरद्वारा उच्चस्तरीय समीक्षा बैठक

रसुवा–नुवाकोटको विनाशकारी बाढीपछि जयशंकरद्वारा उच्चस्तरीय समीक्षा बैठक

  • मिडिया डबली
  • बिहिवार, भाद्र ११ २०८३

  • 471
    SHARES

  • रसुवा–नुवाकोटको विनाशकारी बाढीपछि जयशंकरद्वारा उच्चस्तरीय समीक्षा बैठक

    काठमाडौं -  रसुवा–नुवाकोट क्षेत्रमा आएको विनाशकारी बाढीपछि भारतीय विदेशमन्त्री एस जयशंकरले उच्चस्तरीय समीक्षा बैठक गरेका छन्। जयशंकरले बिहीबार सामाजिक सञ्जाल एक्समार्फत विदेश सचिव, भारतीय विदेश मन्त्रालयको टोली तथा काठमाडौं र बेइजिङस्थित भारतीय राजदूतहरूसँग बाढीबाट उत्पन्न परिस्थितिबारे समीक्षा गरेको जानकारी दिएका हुन्।

    उनका अनुसार बाढी प्रभावित क्षेत्रमा रहेका भारतीय नागरिकको अवस्था, सुरक्षा तथा उनीहरूको अवस्थाबारे तत्काल जानकारी संकलन गर्ने प्रयास भइरहेको छ। ‘नेपालमा आएको बाढीको विपत्तिबारे विदेश सचिव, विदेश मन्त्रालयको टोली तथा काठमाडौं र बेइजिङस्थित हाम्रा राजदूतहरूसँग समीक्षा बैठक गरेँ,’ जयशंकरले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।

    भारतीय विदेश मन्त्रालयले विभिन्न सरकारी निकाय, राज्य सरकार, टुर अपरेटर तथा परियोजना सञ्चालन गर्ने संस्थासँग समेत समन्वय गरिरहेको उनले बताएका छन्। विशेषगरी बाढी प्रभावित क्षेत्रमा रहेका भारतीय नागरिकको अवस्था पत्ता लगाउने र उनीहरूको सुरक्षाका लागि आवश्यक पहल तीव्र पारिएको जनाइएको छ।

    जयशंकरले राहत तथा उद्धार प्रयासमा भारतले नेपाली पक्षसँग नजिकबाट समन्वय र सहकार्य गरिरहेको समेत बताएका छन्। नेपाल–चीन सीमाक्षेत्रमा आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति भएको छ।

    भारतले यसअघि नै राहत सामग्री तथा औषधिसहित मानवीय सहायता नेपाल पठाइसकेको र थप राहत सामग्री परिचालनको तयारी भइरहेको भारतीय पक्षले जनाएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, जेठ १६ २०८०११:५५:००
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend