हङकङ - चिनियाँ राष्ट्रपति सी जिनपिङले अधिनायकवादी शासनलाई बढाउँदै लगेका छन्। उनले भिडियो गेम खेल्ने लत नियन्त्रणका लागि चीनले नाबालिकहरुमाथि अनलाइन गेम खेल्ने समय सीमित गरिने घोषणा गरेको छ। अब चीनमा १८ वर्षभन्दा कम उमेरकाहरुका लागि राति १० बजेदेखि विहान ८ बजेसम्म अनलाइन गेम खेल्न प्रतिबन्ध लगाइने भएको छ ।
भिडियो गेम खेल्ने समयमा प्रतिबन्ध लगाउँदै चीनले सप्त्ताहमा ९० मिनेट र सप्तान्तको छुट्टीमा तीन घण्टा त्यस्तो गेम खेल्नका लागि भने अनुमति दिएको छ।
चीन विश्वको सबैभन्दा ठूलो गेम बजार मध्येको एक हो। अधिकारीहरुले भिडियो गेमको लत बालबालिकाको स्वास्थ्यका लागि हानीकारक हुने उल्लेख गरेका छन्। त्यसका लाथै मंगलबार चिनियाँ सरकारले जारी गरेको निर्देषमा यस्ता गेममा बालबालिकाले गर्ने खर्चलाई पनि सीमित गरिदिएको छ।
जसअनुसार अब ८ देखि १६ वर्ष उमेर समूहकाले प्रतिमहिना २०० युआन र १६ देखि १८ वर्ष उमेर समूहकाले प्रतिमहिना ४०० युआनसम्म मात्र यस्तो गेममा खर्च गर्न सक्नेछन्।
त्यसैगरी चिनियाँ किन्डरगार्टनमा अंग्रेजी भाषा पढाउन नपाइने बताइएको छ। चीनमा पश्चिमा भाषाले चिनियाँ संस्कृतिमा आँच पुर्याएको भन्दै अंग्रेजी भाषामा प्रतिबन्ध लगाएको हो।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।