नयाँदिल्ली - कम्बोडियामा ग्रामीण पानी आपूर्तिको समस्या सिर्जना भएपछि भारतले १५०० हाते पम्पहरुको आपूर्ति र स्थापना गरेको छ। भारतले एक भर्चुअल कार्यक्रममार्फत उक्त हाते पम्पहरु स्थापना गर्नका लागि सहयोग गर्ने घोषणा गरिएको हो।
समारोहको अध्यक्षता भारतका विदेश राज्यमन्त्री राजकुमार रंजन सिंह र कम्बोडियाका ग्रामीण विकास मन्त्री डा. ओक रबुनले गरेका थिए।
परियोजनाको कार्यान्वयनका लागि भारत सरकारले शतप्रतिशत आर्थिक अनुदानमा गरिने भएको हो। यो कम्बोडिया को दुई प्रान्तहरुमा १५०० हाते पम्पहरुको आपूर्ति र स्थापना गरिने भारतीय विदेश मामिला मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
४३३ गाँउहरुमा लगभग चार लाख मानिसहरुको परियोजनाबाट लाभान्वित भएको छ र सुरक्षित पिउने पानी उपलब्ध गराउने बताइएको छ। भारतको यस सहयोगमा २७ देखि ४० प्रतिशत मानिसहरुले सुरक्षित पानी पिउन सहयोग गर्ने भएको हो।
यो परियोजना भारत र कम्बोडियाको बीच बलियो द्विपक्षीय विकास सहयोग को प्रतिबिम्ब भएको बताइएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।