बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

चीनले नेपाली भूमि मिचेको विरोधमा काठमाडौंमा प्रदर्शन

चीनले नेपाली भूमि मिचेको विरोधमा काठमाडौंमा प्रदर्शन

  • मिडिया डबली
  • मंगलवार, आश्विन १२ २०७८

  • 3.1K
    SHARES

  • चीनले नेपाली भूमि मिचेको विरोधमा काठमाडौंमा प्रदर्शन

    काठमाडौँ - चीनले नेपाली भूमि मिचेको भन्दै लोकतान्त्रिक समाजवादी पार्टी निकट लोकतान्त्रिक युवा संघले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

    हुम्लामा चीनले नेपाली सीमामा अतिक्रमण गरेको भन्दै संघले मंगलबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको हो । 

    प्रदर्शनमा उत्रिएकाहरुले चीनद्वारा अतिक्रमित नेपाली भूमि फिर्ता गर, हुम्ला जिल्लामा रहेको १२ नम्बर पिलर सार्न पाइदैन लगाएतका प्ले कार्ड प्रदर्शन गरेका थिए ।

    त्यस्तै उनीहरुले नेपाल–चीन सीमाबारे लिमी लाप्चादेखि हिल्सासम्मको सीमा अध्ययन गर्न गठन गरेको समितिको प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरेको छ ।

    लोसपा युवा अध्यक्ष मुकेश कुमार झाले चीनले नेपाली भूमि अतिक्रमण गर्दा पनि सरकार मौन रहेको भन्दै विरोध प्रदर्शन गरिएको जानकारी दिए। संघले नेपालको सीमा रक्षाका लागि निरन्तर खवरदारी गर्ने जनाएको छ । 

    यस्तै सोमवार काठमाडौंमा राष्ट्रिय एकता अभियानले पनि चीनविरुद्ध प्रदर्शन गरेको थियो। प्रदर्शनमा सहभागीहरुले चिनियाँ राष्ट्रपति सी जिङपिङको पुत्ला समेत जलाएका थिए । पछिल्लो समय अभियानले चिनियाँ अतिक्रमणविरुद्ध निरन्तर आन्दोलन गर्दै आएको छ ।

    त्यसैगरी चीन र नेपालको सीमा विवाद भएको विषयमा अध्ययन गर्न सरकारले बनाएको समितिले पनि गृहमन्त्रीलाई अध्ययन प्रतिवेदन बुझाइसकेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र ११ २०७७०६:२८:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend