बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

चीनविरुद्ध काठमाडौंमा प्रदर्शन, चिनियाँ राष्ट्रपतिको पुत्ला दहन

चीनविरुद्ध काठमाडौंमा प्रदर्शन, चिनियाँ राष्ट्रपतिको पुत्ला दहन

  • मिडिया डबली
  • सोमवार, आश्विन ११ २०७८

  • 8.5K
    SHARES

  • चीनविरुद्ध काठमाडौंमा प्रदर्शन, चिनियाँ राष्ट्रपतिको पुत्ला दहन

    काठमाडौं – चीनविरुद्ध काठमाडौंमा प्रदर्शन गरिएको छ ।

    हुम्लास्थित नेपाली भूमि चीनले अतिक्रमण गरेको विरोधमा राष्ट्रिय एकता अभियानले प्रदर्शन गरेको हो ।

    अभियानले माइतीघर मण्डलामा चीनविरुद्ध प्रदर्शन गर्दै चिनियाँ राष्ट्रपति सी चिनपिङको पुत्ला समेत दहन गरेको छ ।

    चिनियाँ राष्ट्रपतिको पुतला दहन गर्दै अभियानका केन्द्रीय संयोजक विनय यादवले चीनद्वारा विभिन्न बहानामा बारम्बार नेपाली भूमि अतिक्रमण भइरहेको बताए ।

    उनले मिचिएको नेपाली भूमि यथाशीघ्र फिर्ता गर्नुपर्ने माग समेत राखे । उनले भने, ‘चीनको नेपालमाथि जाहिले पनि गिद्धे र कुदृष्टि रहेकोले चीनका राष्ट्रपतिको आज पुतला दहन गरिएको हो । अब उपरान्त चीनले हाम्रो भूमि फिर्ता गरेन भने देश भरी चीनको विरुद्धमा हामी आन्दोलन गर्न बाध्य हुने छौं ।’ 

    प्रदर्शनको क्रममा सहभागीहरूले चिनियाँ हस्तक्षेप बन्द गर, सीमा अतिक्रमण बन्द गर र अघोषित नाकाबन्दी खुला गर भन्दै चीनविरुद्ध नारा लगाएका थिए ।

    प्रदर्शन हुम्ला जिल्लाको सीमावर्ती क्षेत्रका जनताहरूको पनि सहभागिता रहेको थियो । 

    प्रदर्शनका क्रममा हुम्लाका स्थानीयले चीनले नेपालको भूमि मिचेको ठोकुवा समेत गरेका छन् । हुम्ला सीमा नाकाका स्थानीय कोटन्व तामाङले चीनले पिलर नै नयाँ राखेको र नेपाली भूमिमा भवनहरू बनाएर बार समेत लगाएको बताएका छन् ।

    उनले भने, ‘नेपाली भूमि चीनले मिचेकै हो, पुरानो पिलर नै गायब पारिएको छ ।’ १२ नम्बर पिलर राख्दा जनप्रतिनिधिलाई जानकारी नगराइएको र स्थानीय मान्छे पनि नराखी परिवर्तन गरिएको उनले बताए ।

    उनले भने, ‘चिनियाँ प्रहरी आएर हामीलाई धम्क्याउने गर्छन्, हाम्रो कुरै नसुन्ने, एकलौटी रूपमा सिमानमा जे मन लायो त्यही गर्ने जस्ता क्रियाकलापले नेपाली भूमि मिचेको प्रमाणित हुन्छ ।’

    अर्का स्थानीयका अनुसार नेपालको भूमिमा चीनले बार लगाएको छ । ती स्थानीयले भने, ‘नेपाली भूमि नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को लिमी क्षेत्रको लाप्चामा पर्ने ललोङजोङमा ३/४ वर्ष अगाडि कुनै भवन थिएन, कुनै बार लगाइएको थिएन, अहिले बार लगाएको पनि देखिन्छ, नेपाली भूमिमा चिनियाँहरूले भवन बनाएको पनि देखिन्छ ।’

    नाम्खा गाउँपालिका उपाध्यक्ष पेमा तामाङले पनि भवनहरू नेपाली भूमिमै बनेको पाइएको बताए । भवनहरू नेपाली भूमिमा रहे पनि केपी ओलीको सरकारले हतारोमा सो भूमि चीनकै स्वामित्वमा रहेको बताउँदा स्थानीयहरू भने चिन्तितसँगै आक्रोशित भएको उनले बताए ।

    चिनियाँहरूले भवन बनाएको ठाउँभन्दा पर ग्यापुदोचा भन्ने ठाउँको पानी ढलो भएदेखि यता नेपाल उता चीन रहेकोमा उनीहरूले अतिक्रमण गरी भवनहरू बनाउँदा पनि तत्कालीन केपी आली सरकार सीमा मिचिएको होइन भनेर बसेकामा नाम्खा–६ का वडाध्यक्ष पाल्जोर तामाङ गुनासो गर्छन् । वडा अध्यक्ष पाल्जोर तामाङले चिनियाँहरूले करीब डेढ किलोमिटर वर ललुङजोङको नेपाली भूमिमा आएर भवनहरू बनाएको बताए ।

    अर्काे एक सरकारी प्रतिवेदनमा नेपालको ६४ हेक्टर जग्गा चीनले मिचेको छ । कृषि मन्त्रालय अन्तर्गतको नापी शाखाको प्रतिवेदनमा ४ जिल्लाका ११ ठाउँमा चीनले नेपाली भूमि मिचेको उल्लेख छ । 

    हुम्लाको भाँगदारे खोलामा ६ हेक्टर, कर्णालीमा ४ हेक्टर जग्गा चीनले मिचेको पाइएको छ । रसुवाको सान्जेन खोलामा २ हेक्टर, भुर्जुग खोलामा १ हेक्टर, जम्बु खोलमा ३ हेक्टर नेपाली भूभाग चीनले अतिक्रमण गरेका छ । लेम्दे खोलामा पनि समस्या छ । 

    सिन्धुपाल्चोकको खराने खोला ७ हेक्टर, भोटेकोशीमा ४ हेक्टर, संखुवासभा सुमजुँग खोलामा ३ हेक्टर, कामखोलामा २ हेक्टर र अरुण खोलामा ४ हेक्टर जग्गा चीनसँग सीमा समस्या छ । प्रतिवेदन अनुसार नदी वहाव परिवर्तनका कारण नेपालको भूभाग चीन परेको हो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र ११ २०७७०६:२८:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend