बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

चीनले १६ वर्षसम्म पनि फिर्ता गरेन नेपाली रकम, न त सामान नै पठायो 

चीनले १६ वर्षसम्म पनि फिर्ता गरेन नेपाली रकम, न त सामान नै पठायो 

  • मिडिया डबली
  • बिहिवार, भाद्र ३१ २०७८

  • 9.7K
    SHARES

  • चीनले १६ वर्षसम्म पनि फिर्ता गरेन नेपाली रकम, न त सामान नै पठायो 

    काठमाडौं - चीनले १६ वर्षदेखि नेपाली रकम जफत गरेको पाइएको छ। नेपाल सरकारले २०६२ साल मंसिर २७ गते चाइना नेश्नल एरो टेक्नोलोजी इम्पोर्ट एन्ड एक्सपोर्टबाट नेपाली सेनाका लागि दुई थान एमए ६० हवाईजहाज खरिद गर्ने निर्णय गरेको थियो। उक्त निर्णय अनुसार भएको सम्झौता अनुरुप नेपाल सरकारले चीनलाई २०६२ साल फागुन १७ गते चार लाख ५० हजार ६८८ अमेरिकी डलर ( ३९ करोड ५३ लाख रुपैयाँ) उक्त कम्पनीलाई पेश्की भुक्तानी गरेको थियो। 

    तर २०६४ साल असोज २१ गते बसेको मन्त्रिपरिषद् बैठकले दुई थान हावाईजहाजमध्ये एक मात्र खरिद गर्ने र अर्को खरिद नगर्ने विषयमा चिनीयाँ पक्षलाई अनुरोध गर्ने निर्णय गर्यो। २०६५ पुस १६ गतेको मन्त्रिपरिषद् बैठकले पेश्की भुक्तानी दिइएको रकम उपयोग हुने गरि दुई थानसम्म हेलिकप्टर खरिद गर्नका लागि टेक्निकल स्पेशीफिकेसन गरी सिफारिस गर्न समिति गठन भएको भएको थियो। 

    चिनियाँ पक्षले कुनै प्रतिक्रिया नदिएपछि मन्त्रिपरिषदको मिति २०६७ असार २८ गतेको निर्णयानुसार चिनीयाँ पक्षसँग वार्ता गर्न नेपाली सेनाका प्रबन्धरथीको संयोजकत्वमा वार्ता टोली गठन भयो।  उक्त वार्ता टोली र चिनीयाँ पक्षबीच भएको वार्तामा चिनीया पक्षले जहाज खरिद नगरेका कारण ७९ लाख ४७ हजार ८५० अमेरिकी डलर नोक्सानी भएको भन्दै पूरा रकम फिर्ता गर्न नसकिने अडान राख्यो।

    रकम फिर्ता गर्न नसकिने चिनियाँ पक्ष अडानपछि ५० प्रतिशतसम्म फिर्ता गर्न सहमत भएको थियो। उक्त सहमति बमोजिम २०६८ साल असोज ३० गते ५० प्रतिशत रकम फिर्ता भएको छ। मन्त्रिपरिषदको सोही निर्णय अनुसार यस बाँकी ५० प्रतिशत रकम बराबरका गैर घातक यन्त्र उपकरण उपलब्ध गराउन अनुरोध गरिएको तर चिनीयाँ राजदूतावासको मिति २०१२ डिसेम्बर ३ को पत्रबाट समेत कम्पनीले उपलब्ध गराउन अस्वीकार गरेको थियो।  

    चिनीयाँ कम्पनीलाई पठाएको पश्की रकममध्ये फिर्ता हुन बाँकी २७ लाख ५५ हजार ३४४ अमेरिकी डलर लेखापरीक्षणको क्रममा बेरुजु देखिएको छ। उक्त बेरुजु फछ्र्योटका हुन नसकेको कारण उक्त रकम फिर्ता गर्न चीनलाई रक्षा मन्त्रालयमाफर्त आएको पत्र परराष्ट्र मन्त्रालयले चीनस्थित दूतावासलाई पठाएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र ११ २०७७०६:२८:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend