सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

माधवसहित १४ सांसदको पद रहने/नरहने छिनोफानो गर्दै सर्वोच्च, के आउला फैसला ?

माधवसहित १४ सांसदको पद रहने/नरहने छिनोफानो गर्दै सर्वोच्च, के आउला फैसला ?

  • मिडिया डबली
  • सोमवार, भाद्र २८ २०७८

  • 7.4K
    SHARES

  • माधवसहित १४ सांसदको पद रहने/नरहने छिनोफानो गर्दै सर्वोच्च, के आउला फैसला ?

    काठमाडौं, २८ भदौ-  माधव नेपालसहित १४ जना सांसद पदमुक्त गर्नुपर्ने एमाले अध्यक्ष केपी ओलीको मुद्दामा आज सुनुवाइ हुँदैछ ।

    १४ सांसदलाई पदमुक्त गर्न अन्तरिम आदेश माग गरिएको रिटमा सर्वोच्चले दुवै पक्षलाई आज बोलाएको छ ।

    न्यायाधीशद्वय दीपककुमार कार्की र मिरा खड्काको इजलासमा १४ सांसदलाई कारबाही गर्ने एमालेको निर्णय कार्यान्वयन गर्न अन्तरिम आदेश दिने/नदिनेबारे छिनोफानो हुनेछ ।

    यसअघि गत मंगलबार ओलीको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले दुवै पक्षलाई झिकाउने आदेश दिएको थियो । साथै विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको थियो ।

    अध्यक्ष ओलीले सभामुख अग्निप्रसाद सापकोटा र निर्वाचन आयोगलाई विपक्षी बनाई रिट दायर गरेका थिए । रिटमा सभामुखले एमालेले गरेको कारबाही रोकेको र त्यही आधारमा निर्वाचन आयोगले दल दर्ता गरेको भन्दै कारबाही गरेका १४ सांसदलाई पदमुक्त गरेको सूचना टाँस गर्ने अन्तरिम आदेश दिन माग गरिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, कार्तिक २४ २०७७११:०२:२८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend