सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

अफगानिस्तानमा तालिबान सत्तापछि परिवार पाल्नका लागि इँटा बनाउने मजदुरी गर्दै पूर्वपत्रकार 

अफगानिस्तानमा तालिबान सत्तापछि परिवार पाल्नका लागि इँटा बनाउने मजदुरी गर्दै पूर्वपत्रकार 

  • मिडिया डबली
  • बुधवार, आश्विन २० २०७८

  • 8.9K
    SHARES

  • अफगानिस्तानमा तालिबान सत्तापछि परिवार पाल्नका लागि इँटा बनाउने मजदुरी गर्दै पूर्वपत्रकार 
    फाइल तस्बिर

    फिरोज कोह - अफगानिस्तानको बादलिस प्रान्तको पश्चिमी फर्ज कोह शहरमा मिडिया आउटलेटका लागि रिपोर्टि बनाउने पत्रकार जबीउल्लाह वाफा अहिले मजदुरको रुपमा काम गरिरहेका छन्। परिवारका १० जना सदस्यलाई खुवानका लागि इँटा बनाउने मजदुरी गरिरहेका छन्। 

    वाफा हजारौं अफगानहरुमध्ये एक हुन्, जसले तालिबानले अफगानिस्तान कब्जा गरेपछि र लोकतान्त्रिक रुपमा निर्वाचित सरकार अपदस्थ भएपछि आफ्नो जागिर वा आयको स्रोत गुमाए।

    उनले पछिल्लो १० वर्षदेखि बागिस प्रान्तमा एक पत्रकारको रूपमा काम गरे तर स्थानीय मिडियाको आर्थिक अवस्था नाजुक भएपछि उनलाई बिदा गरिएको थियो। यसरी रोजगारी गुमाएकाहरुलाई सरकारले कुनै सहयोग गर्न सकेको छैन। 

    तालिबानको कब्जा पछि, स्थानीय मिडिया आउटलेट्सले मलाई बिदा गर्यो र म करिब दुई महिना अन्य रोजगारीको खोजीमा लागे। तर, कुनै रोजगारी पाउन नसकेपछि मेरो परिवारलाई खुवाउन मैले मेरो बुबासंग इँटा बनाउने काम गर्न थाले, जबीउलाह वाफाले भने।

    वाफाजस्तै सयौं अफगान पत्रकारहरु यस्तै परिस्थितिमा बाँचिरहेका छन् र आफूहरुलाई सहयोग गर्न र साथमा रहन अन्तर्राष्ट्रिय समुदायलाई अनुरोध गरेका छन्।

    अफगानिस्तानमा १५० भन्दा बढी मिडिया आउटलेटहरु तालिबानको कब्जापछि बन्द गरिएका छन्। आर्थिक संकट बाहेक तालिबानले पत्रकारहरुको सूचनाको अधिकारमा प्रतिबन्ध लगाएको छ, जसले उनीहरुको काममा बाधा पुर्‍याएको तोलो न्युजले जनाएको छ। 

    मिडिया विज्ञापनमा निर्भर छन् तर अहिले विज्ञापन छैन। विज्ञापनको अभावमा उनीहरु आर्थिक समस्याको सामना गरिरहेका छन्। यसअघि तालिबानद्वारा नियुक्त सूचना तथा संस्कृति उपमन्त्री जबीहुल्लाह मुजाहिदले देशमा स्वतन्त्र मिडियामा कुनै प्रतिबन्ध नलगाइने बताएको भए पनि व्यवहार भने त्यसो हुन सकेको छैन। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, भाद्र २५ २०७८०८:१२:५२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend