आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

चार दिनदेखिको लगातार झरी कहिले थामिन्छ ? मौसमविद्को दिए यस्तो जवाफ

चार दिनदेखिको लगातार झरी कहिले थामिन्छ ? मौसमविद्को दिए यस्तो जवाफ

  • मिडिया डबली
  • आइतवार, भाद्र १३ २०७८

  • 5.7K
    SHARES

  • चार दिनदेखिको लगातार झरी कहिले थामिन्छ ? मौसमविद्को दिए यस्तो जवाफ
    काठमाडाैं- नेपालमा चार दिनदेखि लगातार झरी परिरहेको छ । गत हप्ताकाे सुरुवातीबाटै वर्षा भए पनि १० भदौदेखि त अबिरल वर्षा हुँदा तराईका विभिन्न जिल्लामा बाढी आएको छ । पूर्वपश्चिम राजमार्गका विभिन्न पुल भासिँदा यातायात पनि प्रभावित बनेका छन् । पहाडमा पहिराे खसेकाे छ ।

    जेठ अन्तिमबाट सुरु भएको मनसुनपछिको बाढीपहिरोमा हालसम्म ९० जनाको ज्यान गएको गृह मन्त्रालय आपतकालीन कार्यसञ्चालन केन्द्रको तथ्यांक छ ।

    अब कहिलेसम्म झरी पर्छ ? समाचार एजेन्सी न्यूज कारखाना (एनके) ले यो प्रश्न मौसमविद्लाई सोधेको छ । ‘हिजोअस्तीभन्दा आज (आइतबार) झरी केही कम भएको छ । तर, मंगलबारसम्म नै पानी पर्ने देखिन्छ,’ मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले भनिन्,' बर्खामा झरी नियमित प्रक्रिया हो ।' न्यूनचापीय रेखा नेपालको तराई भूभागमा केन्द्रित हुँदा यसले बेसी पानी परेको उनले बताइन् । 

    मंगलबारसम्म झरी केही कम भए पनि फेरि मनसुन सक्रिय हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका ७२ घन्टाको मौसम मात्र प्रक्षेपण गर्छ । तर, भारतकाे माैसम  विज्ञान विभागकाे प्रक्षेपण र भूउपग्रहबाट प्राप्त तस्बिर आँकलन गर्दा मंगबारपछि फेरि मनसुन सक्रिय भएर झरी पर्न सक्ने देखिन्छ । 

    आइतबार बिहान प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पानी  परिरहेको छ । तर, दिउँसो त्यससँगै कर्णाली र सुदूरपश्चिममा पनी पानी पर्ने आँकलन महाशाखाले गरेको छ । 

    ‘लगातारको झरीले पहाडी भूभागमा पहिरो र तराईमा बाढीको जोखिम हुन्छ,’ उनले भनिन्, ‘खहरे खोलामा भेलबाढीको जोखिम हुने भएकाले सवैले सतर्कता अपनाउन जरुरी छ । अत्यावश्यक नभइ यात्रा नगर्न अनुरोध गर्दछौं ।’

    गत बिहीबार बिहानदेखि शुक्रबार बिहानसम्म पश्चिम नवलपरासीको बतासा क्षेत्रमा २४ घन्टामै ४३४.२ मिलिमिटर पानी पर्‍याे, जुन अधिक भारी मात्र होइन, यस वर्ष मापन गरिएको दैनिक वर्षामै सबैभन्दा बढी हो ।

    यो पटकको झरीमा पश्चिम नवलपरासी, रूपन्देही र कपिलवस्तु तथा नवलपुरमा अत्यधिक वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका विभागकी वरिष्ठ मौसमविद् इन्दिरा कडेलका एक मिनेटमा एक मिमी वर्षा हुँदा पनि भल बग्छ । यतिधेरै वर्षाले त  बाढीपहिरो निम्त्याउँछ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, भाद्र ३१ २०७७०९:५४:५६

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend