बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

कोरोनाविरुद्धको खोप आपूर्तिमा चीन कमजोर बनेपछि एसियामा अमेरिकाका लागि बाटो खुला

कोरोनाविरुद्धको खोप आपूर्तिमा चीन कमजोर बनेपछि एसियामा अमेरिकाका लागि बाटो खुला

  • मिडिया डबली
  • बिहिवार, भाद्र १० २०७८

  • 4.8K
    SHARES

  • कोरोनाविरुद्धको खोप आपूर्तिमा चीन कमजोर बनेपछि एसियामा अमेरिकाका लागि बाटो खुला

    बेइजिङ - कोरोना भाइरसविरुद्धको चिनियाँ खोपको आगमनसँगै एसियामा कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्ने अपेक्षा गरिएको थियो ।

    तर, पछिल्लो समय चिनियाँ खोपको प्रभावकारिता नदेखिएपछि खोपका लागि यस क्षेत्रका नागरिकहरु खोप आपूर्तिका लागि पश्चिमा देशतर्फ आफ्नो पहुँच विस्तार गर्नतर्फ लागे ।

    कोरोनाविरुद्धको पहिलो डोज चिनियाँ खोप सिनोभ्याक लगाएका थाइल्याण्डका जनतालाई तीन चार हप्तापछि अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको खोप लगाउन थालेका छन् । इण्डोनेसियामा पनि सुरुमा कोरोनाविरुद्धको चिनियाँ खोप लगाइएको थियो ।

    तर, उक्त खोप प्रभावकारी नभएपछि अमेरिकाले विकास गरेको मार्डेना खोेप लगाउन सुरु गरिएको छ । इन्डोनेसियामा कोरोनाविरुद्धको दुई खोप चिनियाँ सिनोभ्याक लगाएकाहरुले अहिले बुस्टर खोपको रुपमा मोर्डेना खोप लगाउन थालिएका हुन् ।

    बुस्टर डोज सुरुमा पहिलो लहरमा खटिने स्वास्थ्यकर्मीहरुलाई लगाउन थालिएको बताइएको छ । मलेसियाको स्वास्थ्य मन्त्रालयले कोरोनाविरुद्धको चिनियाँ खोप सिनोभ्याक लगाउन बन्द गरिएको छ ।

    चीनको एक बलियो व्यापार साझेदार मुलुक कम्बोडियाले पनि बुस्टर खोपको रुपमा एस्ट्राजेनेका खोप लगाउन थालेका छन् । कम्बोडियाको स्वास्थ्य मन्त्रालयका अनुसार फ्रन्टलाइनमा बसेर काम गर्ने चिनियाँ खोप लगाएका स्वास्थ्यकर्मीलगायतलाई एस्ट्राजेनेका खोप लगाउन थालिएको हो ।

    चीनको खोप कूटनीतिबाट केही दक्षिण एसियाका केही मुलुकहरुले मात्रै लाभ लिएका थिए । दक्षिण एसियाका करिब ६५० मिलियन नागरिकहरुका लागि चिनियाँ खोपको प्रभावकारितामाथि प्रश्न उठेपछि पश्चिमा खोप उत्पादकहरुसँग खोप आपूर्तिका लागि पहल गरिरहेका छन् ।

    कोरोना भाइरसको दोस्रो लहर सकिन नपाउँदै तेस्रो लहरको संकेत देखिएपछि एसियाली राष्ट्रहरु पश्चिमा मुलुकहरुबाट खोप आपूर्तिको पहल गरिरहेका छन् । उनीहरुले आफ्नो नागरिकलाई सुरक्षित राख्नका लागि पश्चिमा देशहरुबाट खोप आपूर्तिको पहल गरेका हुन् ।

    बेइजिङस्थित अनुसन्धान कम्पनी ब्रिज कन्सल्टिङका अनुसार चीनले आफ्नो गुडविल निमार्ण गर्न, खोप आपूर्तिलाई तीव्रता दिनुका साथै २५५ मिलियन डोज खोप उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको थियो । करिब ६ महिनाको अवधिमा नै उक्त प्रतिबद्धता पूरा गर्न सकेन ।

    यससँगै चीनको खोपको प्रभावकारितामाथि पनि शंकाहरु उब्जिएका छन् । पछिल्लो समय देखिएको डेल्टा भेरियन्टविरुद्ध चिनियाँ खोप प्रभावकारी हुन नसकेको समाचारहरु आइरहो छन् । इन्डोनेसियाले चिनियाँ खोपहरु नै पछिल्लो कोरोना भेरियन्टको इपीसेन्टर भएको स्वीकार गरेको छ । अन्य मुलुकहरुले पनि चिनियाँ खोपको प्रभावकारिताका विषयमा प्रश्नहरु उठाउँदै आपूर्ति बन्द गरेका छन् ।

    चीनको खोप अभियानलाई लागेको झट्काले संयुक्त राज्य अमेरिकाको लागी एसियामा खोप कूटनीति खुला गरिदिएको छ । चीन र अमेरिकाबीचको आपसी द्वन्द्व बढ्दै जाँदा चिनियाँ खोप प्रभावकारिताको प्रश्नले अमेरिकाले एसियाली बजारमा आफ्नो स्थान पाउने भएको हो ।

    सन् २०१९ को डिसेम्बर अन्तिमबाट सुरु भएको कोरोना भाइरसको उत्पत्तिबारे आधिकारिकता पुष्टि नभए पनि चीनको सैन्य प्रयोगशाला फोर्ट डेर्टरिकमा यो महामारीको बिजारोपण गरिएको आरोपहरु लाग्न थालेका छन् । महामारी सुरु भएको करिब दुई वर्ष पुग्न लाग्दा पनि यसको उत्पत्तिका विषयमा विभिन्न प्रश्नहरु उठ्न थालेका छन् ।

    महामारीले पनि विभिन्न स्वरुपहरु बदलेर नयाँ नयाँ लहरहरु देखिन थालेका छन् । यस्तो अवस्थामा एसियाका अधिकांश मुलुकहरुले चिनियाँ खोप आपूर्तिमा रोक लगाएसँगै अमेरिकाले खोप अनुदान र बिक्रीको प्रक्रियालाई बढावा दिन थालेका छन् ।

    यहीबीच अमेरिकी प्रतिनिधिहरुको एसियाली मुलुकहरुको भ्रमणमा पनि तीव्रता दिइएको छ । बाइडेन प्रशासनकी उपराष्ट्रपति कलम ह्यारिस आइतबार सिंगापुर र भियतनाम भ्रमण गरेकी छन् । यसले पनि अमेरिकाले एसियाली मुलुकहरुलाई प्राथमिकतामा राखेको रुपमा बुझ्न सकिन्छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ ३ २०७७०७:५८:५२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend