काठमाडौं – विराटनगरको सिमावर्ती जोगबनी क्षेत्रमा भारतीय प्रहरी र स्थानीय मुस्लिमबीच झडप भएको छ ।
मोहरम मनाउने क्रममा जोगबनीको मटेरवा नाकाबाट मुस्लिम समुदाय भारत छिर्न खोज्दा शुक्रबार साझ भारतीय प्रहरी र स्थानीय मुस्लिमबीच झडप भएको हो ।
मोहरम मनाउन मुस्लिम समुदायलाई भारतीय प्रहरीले सीमापारि जान रोकेपछि उनीहरूले ढुंगामुढा प्रहार गरेका थिए ।
ढुंगामुढा प्रहार भएपछि मुस्लिमहरू र भारतीय प्रहरीबीच झडप भएको थियो ।
नेपालमा मोहरम पर्व मुस्लिम समुदायले मनाएपनि भारतमा कोभिडका कारण रोक लगाइएको थियो । सोही कारण उनीहरूलाई भारतीय प्रहरीले भारततर्फ प्रवेश गर्न नदिएको स्रोतको भनाई छ ।
मुस्लिम समुदायले इस्लामी नयाँ वर्ष १४४३ हिजरीको सुरूआतसँगै घरेलु हातहतियारसहित प्रदर्शन गर्दै मोहरम पर्व मनाउने गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।