काठमाडौं - नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले नेता रामचन्द्र पौडेलबाट पार्टीबाट क्रियाशीलसहितका विभिन्न विवादहरू निकालेर समस्या उत्पन्न गरेको आरोप लगाएका छन् ।
कांग्रेसको केन्द्रीय कार्यसमितिको बिहीबार बुढानिकलण्ठमा बसेको बैठकमा बोल्ने क्रममा नेता बस्नेतले सिन्धुपाल्चोक जिल्लामा समेत पौडेल समूहले क्रियाशील सदस्यता विवादमा बखेडा निकालेर हैरान बनाएको बताएका हुन् ।
सिन्धुपाल्चोक जिल्लामा पौडेल समूहले क्रियाशील सदस्यताका लागि मापदण्ड पुगेका कार्यकर्तालाई रोक्न अनेक प्रयास र हर्कतहरू गरिरहेको छ ।
पौडेल समूहका कारण सिन्धुपाल्चोक जिल्लामा सयौँ युवाहरू कांग्रेस बन्नबाट बञ्चित हुने अवस्था छ । पौडेल समूहले सहमतिमा विभिन्न दलबाट कांग्रेसमा समायोजन भइसकेका विषयलाई पनि पुनः विवाद झिकेर असहयोग गरिरहेको आरोप छ ।
गोविन्दराज जोशीलाई तह लाउन पुष्कर ओझालाई नेता पौडेलले शहीद बनाएको भन्दै यस्ता गतिविधिले पार्टीलाई फाइदा नगर्ने बताए । गोविन्दराज जोशीलाई कांग्रेसबाट कारबाही गरेर निकाल्नका लागि पौडेलले सबै प्रकारको हर्कत गरेका छन् ।
पौडेलको यो हर्कतले तनहुँमा कांग्रेस झन् कमजोर हुनेछ । पुष्कर ओझाले कैलाली जिल्लामा प्रतिनिधि सभा निर्वाचनमा अन्तरघात गरेका थिए । ओझाले आरजु राणालाई हराउन ठूलो हर्कत गरेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।