सोमवार, जेठ १५ २०८०May 29 2023

Logo
images

काठमाडौं उपत्यकामा फेरि बढ्यो कोरोना संक्रमण, के हो कारण ?

काठमाडौं उपत्यकामा फेरि बढ्यो कोरोना संक्रमण, के हो कारण ?

  • मिडिया डबली
  • बुधवार, श्रावण २० २०७८


  • काठमाडौं उपत्यकामा फेरि बढ्यो कोरोना संक्रमण, के हो कारण ?

    काठमाडौं – राजधानी काठमाडौं उपत्यकामा कोरोना संक्रमणको गति फेरि उकालो लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ ।

    गत २४ घण्टामा उपत्यकामा ९०४ जना नयाँ संक्रमित थपिएका छन् ।

    images
    images

    अघिल्लो दिन ७०० संक्रमित भएका थिए । केही हप्तायता दैनिक संक्रमितको संख्या ७००–८०० हाराहारीमा रहेको थियो ।

    उपत्यकामा संक्रमण बढेपछि जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले कडाइका साथ जनस्वास्थ्य मापदण्ड पालना गर्न सबै नागरिक तथा सेवा प्रदायक निकायलाई अनुरोध गरेको छ । मापदण्ड उल्लंघन गर्नेलाई प्रचलित ऐनबमोजिम कारबाही गरिने कार्यालयले जानकारी दिएको छ ।

    खोप अभियान तथा खोप प्रमाणीकरण सेवाका क्रममा हुने गरेको भीड र अन्य क्षेत्रमा मापदण्ड पालना नहुँदा उपत्यकामा संक्रमण बढिरहेको चिकित्सकले औंल्याएका छन् । 

    उपत्यकामा दैनिक बढ्दो संक्रमणसँगै उपचारमा आउने बिरामीको संख्या पनि बढेको अस्पतालले जानकारी दिएका छन् ।

    तथ्यांकअनुसार हाल उपत्यकामा ७६७ जनाको जनरल तथा एचडीयूमा उपचार भइरहेको छ भने १८२ जनाको आईसीयूमा उपचार भइरहेको छ ।

    उपत्यकाबाहेक बागमती प्रदेशका अन्य जिल्ला र १ नम्बर प्रदेशमा पनि संक्रमणदर बढ्दो क्रममा रहेको छ ।

    गत २४ घण्टामा नेपालमा ३ हजार ३८३ जना नयाँ संक्रमित थपिएका छन् । यस हिसाबले मंगलवार कोरोना संक्रमणदर २० प्रतिशत रहेको छ । नेपालमा संक्रमितको संख्या ७ लाख ६५ हजार ८१८ पुगेको छ ।

    तीमध्ये दोस्रो लहर अवधिमा ४ लाख ६४ हजार २४२ जना संक्रमित भएका छन् । गत २४ घण्टामा थप २४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

    थप मृतकसहित नेपालमा ९ हजार ९२२ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ । तीमध्ये ६ हजार ५८० जनाको दोस्रो लहर अवधिमा मृत्यु भएको छ । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, श्रावण ३२ २०७७०६:३२:१३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री
    • सन्जिब न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend