काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकले नेपाल सरकारको विशिष्ठ श्रेणी अर्थात् सचिवमा सहसचिव कृष्णहरी पुष्कर बढुवा गर्ने निर्णय गरेको छ ।
बिहीवार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव पुष्करलाई प्रशासनतर्फ सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।
बढुवा सिफारिस समितिले १ नम्बरमा सिफारिस गरेका पुष्कर सचिवमा बढुवा भएका स्रोतले जनाएको छ । पुष्कर कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को प्रवक्ताको जिम्मेवारीमा रहेका थिए ।
लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बिहीवार बिहान सिहंदरबारमा बसेको बढुवा सिफारिस समितिको बैठकले प्रशासनतर्फ १ सचिवमा बढुवाका लागि १ नम्बरमा पुष्कर, २ नम्बरमा खगेन्द्रप्रसाद नेपाल र ३ नम्बरमा किरणराज शर्माको नाम सिफारिस गरेको हो ।
पुष्कर र नेपालको नाम यसअघि समेत २ पटक बढुवाका लागि सिफारिस भइसकेको छ भने शर्माको नाम पहिलो पटक सिफारिस भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।