सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

कोरोनाको नयाँ खोपको परीक्षणका लागि भारत सरकारले दुई प्रयोगशाला तयार गर्दै 

कोरोनाको नयाँ खोपको परीक्षणका लागि भारत सरकारले दुई प्रयोगशाला तयार गर्दै 

  • मिडिया डबली
  • बुधवार, आषाढ २३ २०७८

  • 5.3K
    SHARES

  • कोरोनाको नयाँ खोपको परीक्षणका लागि भारत सरकारले दुई प्रयोगशाला तयार गर्दै 

    नयाँ दिल्ली - भारत सरकारले कोरोना भाइरसविरुद्धको नयाँ खोपको परीक्षण लागि दुई प्रयोगशाला तयार गरिरहेको छ । कसौलीस्थित केन्द्रीय औषधि प्रयोगशाला (सीडीएल) मा दबाब कम गर्न नरेन्द्र मोदी सरकारले दुई नयाँ परीक्षण प्रयोगशालाहरूको विकासको प्रक्रिया सुरू गरिसकेका छन । 

    उक्त दुई प्रयोगशालाहरु  पुणेमा राष्ट्रिय संस्थानस्थित नेश्नल सेल सेन्टर फर सेल साइन्सेज (एनसीसीएस) र हैदराबादमा एनिमल बायोटेक्नोलोजी प्रयोगशाला तयार गर्न लागिएको जनाइएको छ । 

    हाल भारतमा सीडीएलमात्रै एक त्यस्तो प्रयोगशाला मात्र हो, जहाँ कोरोनाविरद्धको नयाँ खोपहरुको क्लियरिन्स गरिन्छ । नयाँ दुई प्रयोगशालाहरु निर्माण भएसँगै खोप आपूर्तिमा पनि सहज हुने अपेक्षा गरिउको छ । 

    भारतको विज्ञान र प्रविधि मन्त्रालयअन्तर्गत आएको बायोटेक्नोलॉजी विभाग (टीबीटी) ले खोप परीक्षण सुविधा निर्माण गर्न अन्य दुई स्थानहरुमा निर्माण कार्य अघि बढाउन लागेको हो । 

    “ती दुई साईटहरू होशियारीका साथ छनोट गरिएका छन् । हैदराबाद र पुणे देशका दुई खोप हबहरू हुन्, त्यसैले हामीसँग यी दुई स्थानमा दुई नयाँ ल्याबहरू हुनेछन्, ”एक वरिष्ठ सरकारी अधिकारीले नाम नखुलाउने शर्तमा प्रिन्टलाई भने । हाल राष्ट्रिय कार्यक्रममा दुईवटा भ्याक्सिन क्रमशः पुणे र हैदराबादमा निर्माण भइरहेको छ ।

    प्रिन्टले गत हप्ता एनसीसीएस निरीक्षण भइरहेको समाचार लेखेको थियो । राज्य औषधि नियन्त्रकको कार्यालयद्वारा, शीर्ष औषधि नियामक प्राधिकरण केन्द्रीय औषधि मानक नियन्त्रण संगठन, र सीडीएलले कोभिड १९ खोपको परीक्षणका लागि स्थानो छनोटका लागि टोली गठन गरेको थियो ।

    हाल भारतमा दुईटा खोपहरु कोभिशिल्ड र कोभ्याक्सिन उत्पादन भइरहेका छन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आषाढ २६ २०७७०८:१६:३७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend