काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध सञ्चारकर्मी रुपा सुनारले दायर गरेको रिटलाई सर्वाेच्च अदालतले अग्राधिकार दिने आदेश गरेको छ ।
न्यायाधीश कुमार रेग्मीको एकल इजलासले अन्तरिम आदेश हुने/नहुनेबारे निर्णय गर्न असार २९ गते दुबै पक्षलाई छलफलका लागि बोलाएको छ ।
विषयको गाम्भीर्यतालाई मध्यनजर गर्दै छिटो टुंग्याउन मनासिब देखिएकाले अग्राधिकार समेत दिइएको सर्वाेच्च स्रोतले जनाएको छ ।
जातीय भेदभाव गर्दै घरभाडामा नदिएको आरोपमा सुनारले प्रहरीमा निवेदक दिएकी थिइन् । घटना छानबिन भइरहेकै बेला मन्त्री श्रेष्ठले आरोपीलाई आफ्नै गाडीमा राखेर घर पुर्याएपछि सुनारले मन्त्रीविरुद्ध सर्वाेच्चमा मुद्दा दायर गरेकी हुन् ।
यस्तो छ अदालतको आदेश –


मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।