सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images
आजको विशेष

कांग्रेस नेता बस्नेतको अर्को मनकारी काम, सिन्धुपाल्चोकका तीन अस्पतालमा ब्लड स्टोरेज गर्न रेफ्रिजेरेटर राखिँदै

कांग्रेस नेता बस्नेतको अर्को मनकारी काम, सिन्धुपाल्चोकका तीन अस्पतालमा ब्लड स्टोरेज गर्न रेफ्रिजेरेटर राखिँदै

  • मिडिया डबली
  • आइतवार, आषाढ २० २०७८

  • 6.3K
    SHARES

  • कांग्रेस नेता बस्नेतको अर्को मनकारी काम, सिन्धुपाल्चोकका तीन अस्पतालमा ब्लड स्टोरेज गर्न रेफ्रिजेरेटर राखिँदै

    काठमाडौं - नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत ‘नेपाली कांग्रेस दैवीप्रकोप तथा विपद् व्यवस्थापन समिति’ प्रमुखसमेत हुन् । देशभरि बाढीपहिरोको समस्या देखिएपछि कांग्रेसले पार्टीको तर्फबाट उद्धार र राहत वितरणका लागि नेता बस्नेतको संयोजकत्वमा समिति बनाएको हो ।

    नेता बस्नेतले सिन्धुपाल्चोक जिल्लामा बाढीपहिरोका साथै समस्यामा परेका जनताको उद्धारमा आफै उपस्थित भएर सहयोग गर्दै आएका छन् । कोरोना महामारीका बेला पनि नेता बस्नेतले आफूलाई अग्रपंक्तिमा राखेर जनस्वास्थ्यसम्बन्धी सहयोग र कामहरू गर्दै आएका छन् ।

    नेता बस्नेतकै पहलमा सिन्धुपाल्चोक जिल्लाका तीनवटा सरकारी अस्पतालमा ब्लड स्टोरेज मेसिन राखिने भएको छ । विभिन्न दुर्घटनाका विरामी, सुत्केरी, अन्य रोगीका लागि जिल्लामा रगतको अभाव देखिँदै आएकाले मेलम्ची, चौतारा र बाह्रबिसे अस्पतालमा ब्लड स्टोरेज मेसिन राखिन लागेको हो ।

    अहिलेसम्म रगत अभावमा सिन्धुपाल्चोकका विरामी उपचार गर्न काठमाडौं जानुपर्ने बाध्यता थियो । तर, अब जिल्लाकै अस्पतालमा सो सुविधा भएमा उपचार गर्न बाहिरी जिल्लामा जानु नपर्ने नेता बस्नेतको भनाइ छ ।

    बर्षैपिच्छे बाढीपहिरोको आतंक र अन्य रोगका सिकार भएका, दुर्घटनामा परेकाहलाई रगत आवश्यक पर्दा रगत स्टोरेज गर्ने रेफि़्रजरेटर अहिलेसम्म सिन्धुपाल्चोकमा नभएकाले नेता बस्नेतले केही दिन अगाडि जिल्ला विपद् ब्यवस्थापन समितिलाई भनेकोमा तीनवटा अस्पतालमा तीनवटा रेफ़्रीजेरेटर राख्ने प्रबन्ध मिलाएको जानकारी आफूले पाएको बताए ।

    यही साता तीनवटै अस्पतालमा रेफ्रिजेरेटर स्थापना हुने उनको भनाइ छ । बाह्रबिसे अस्पतालमा रेफ़्रीजेरेटर राख्न बलेफी गाउॅपालिकाका नेपाली कांग्रेसका युवा नेताहरू सुभाष तिमल्सििनाले चार लाख र उमेश प्रधानले एक लाख उपलब्ध गराएका छन् ।

    मेलम्ची अस्पतालमा रेफ़्रीजेरेटर र भेण्टीलेटर राख्न मध्यपुर ठिमी नगरपालिकाकी उपमेयर अञ्जनादेवी मधीकर्मीको नेतृत्वको टिमले ११ लाख एघार हजार एक सय एघार यस अगाडि नै मेलम्ची नगरपालिकाका मेयरलाई हस्तान्तरण गरिसकेको उनको भनाइ छ ।

    चौतारा अस्पतालमा रेफ़्रीजेरेटर राख्न युवा ब्यवसायी एवं नेपाली कांग्रेस भोटेकोसी गाउॅपालिकाका कोषाध्यक्ष अमृत कार्कीले आफ्नै समूहबाट तुरुन्तै ब्यवस्था गरिदिने वचन दिएको नेता बस्नेतले बताए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, माघ २२ २०७७०५:५२:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend