काठमाडौं – मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रिय र आन्तरिक हवाइ उडान सशर्त खोल्ने निर्णय गरेको छ ।
सरकारले हवाइ उडान सेवामा कोटा प्रणाली तोक्ने भएको छ ।
सोमवार बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिकतर्फ कूल उडान संख्याको आधा र अन्तर्राष्ट्रियतर्फ नियमित हवाइ उडान सञ्चालन गर्ने निर्णय गरेको स्रोतले जनाइको छ ।
उडानसम्बन्धी तालिका र विस्तृत विवरण पर्यटन मन्त्रालयले भोलि बुधबार सार्वजनिक गर्नेछ ।
सरकारले कोरोना महामारीका लागि गरेको निषेधाज्ञा खुकुलो बनाउँदै लगेका बेला उडान समेत खोल्ने निर्णय गरेको छ । सरकारले सार्वजनिक यातायात खोल्ने सम्बन्धमा कुनै निर्णय गरेको छैन ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।