काठमाडौं – सामाजिक अभियान्ता ज्वाला संग्रौलासहित ३ जनालाई पक्राउ गरेर नियन्त्रणमा राखेको प्रहरीले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट थुनामा राख्ने अनुमति पाएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुसन्धानका लागि ३ दिन थुनामा राख्न अनुमति दिएको छ ।
अभद्र व्यवहारको कसूरमा आईतवार पक्राउ परेकी संग्रौला सहितको समूहलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) रमेश बस्नेतले ३ दिन हिरासतमा राखेर अनुसन्धान गरिने जानकारी दिए ।
महानगरीय प्रहरी वृत्त गौशालाभित्रै खुश्बु घिमिरेमाथि कुटपिट गरेको घटनाको अनुसन्धानका लागि संग्रौलासहित हिमाल उपाध्याय र शर्मिला वाइबालाई प्रहरीले पक्राउ गरेको थियो ।
अभियान्ता संग्रौलासहित उनको समूहका व्यक्तिले अघिल्लो महिना महानगरीय ट्राफिक प्रहरी वृत्त महाराजगञ्जका प्रहरी सहायक निरीक्षक मणिकान्त झामाथि जातीय आधारमा दुर्व्यवहार समेत गरेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।