काठमाडौं – नेपाल प्रहरीले समाजसेवी तथा सामाजिक अभियान्ता ज्वाला संग्रौलालाई पक्राउ गरेको छ ।
प्रहरीमाथि दुर्व्यवहार गरेको घटना सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले संग्रौलालाई पक्राउ गरेको हो ।
संग्रौलालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले बताएका छन् ।
प्रहरीमाथि दुर्व्यवहार गरेको घटना भाइरल भएपछि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको सिंहले जानकारी दिए ।
केही दिनअघि संग्रौलाले प्रहरी कर्मचारीलाई जातका आधारमा सरुवा गर्ने धम्की दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरी सक्रिय भएको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।