बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक बैठक

प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक बैठक

  • मिडिया डबली
  • बुधवार, आषाढ २ २०७८

  • 6.3K
    SHARES

  • प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक बैठक

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले देशका विभिन्न ठाउँमा प्राकृतिक विपद्का घटना बढेपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को आकस्मिक बैठक बोलाएका छन् ।

    विपद् पूर्व तयारीमा सिन्को नभाँचेका प्रधानमन्त्री ओलीले विपद् आइसकेपछि बैठक बोलाएका हुन् ।

    बैठक आजै केहीबेरमा बस्ने भएको छ । मंगलवार रातिदेखिको वर्षा र पहिरोका कारण विभिन्न स्थानमा पुगेको क्षतिबारे प्रधानमन्त्री ओलीले जानकारी लिने र त्यसको प्रतिकार्य र पीडितलाई राहत तथा पुनःस्थापनाबारे छलफल हुने विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी रञ्जना श्रेष्ठले जानकारी दिइन् ।

    प्रधानमन्त्री ओलीको अध्यक्षतामा हुने परिषद्मा मन्त्री, विपक्षी दलका नेता, सबै प्रदेशका मुख्यमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्यसचिव, प्रधानसेनापति, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत लगायत सदस्य रहेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend