काठमाडौं - प्रधानमन्त्री केपी ओली अहिले पनि एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई एक्ल्याउन विभिन्न रणनीतिमा लागेका छन् ।
माधव पक्षका युवा नेताहरूलाई आफूतिर तानेर नेपाललाई भने कर्नरमा पार्ने खेल सुरु भएको छ । त्यसका लागि ओलीले एक दुई दिनभित्रै एमालेको संयुक्त स्थायी कमिटी बैठक बोलाउने तयारी गरेका छन् ।
सो बैठकमा उपस्थित हुन सबैलाई निमन्त्रणा गर्ने तर सर्वोच्च अदालतको आदेशअनुसार कुनै पनि विज्ञप्ति जारी नगरी पार्टी कारबाही प्रक्रिया अघि बढाउने पक्षमा ओली लागेका छन् ।
सर्वोच्चले ओलीले बनाएको एमाले दशौं महाधिवेशन आयोजक कमिटीलाई अवैध ठहर गरिसकेको छ । जसकारण एमालेको राजनीति ०७५ जेठ २ कै पूर्ववत् अवस्थाबाट सुरु हुनुपर्ने माधव पक्षको माग छ । तर, ओलीले त्यसलाई पनि अस्वीकार गर्ने भएका छन् ।
लगभग अलग अलग हुने अवस्थामा पुगेका केपी ओली पक्ष र माधव नेपाल–झलनाथ खनाल पक्षबीच एकताका लागि नेताहरुले पहल गरिरहेका छन् ।
लामो समयदेखि आफ्ना–आफ्ना पक्षका बैठक बसिरहेकोमा संयुक्त स्थायी कमिटीको बैठकको तयारी भएको ओली पक्षका नेता तथा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले बताएका छन् । दुवै पक्षका नेताहरुबीच कुराकानी भइरहेकाले एकरदुई दिनमै बैठक बस्न सक्ने उनको भनाइ छ ।
पानी बाराबारको अवस्था अहिले सामान्यतर्फ गइरहेकाले सहमति भएर पार्टी एकता हुन्छ भन्नेमा आशा पलाएको माधव नेपाल पक्षका एक नेताले बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।