काठमाडौं – सरकारले आज मंगलबारदेखि देशभर विद्यालय तहको भर्ना खोल्दै नयाँ शैक्षिक सत्र सुरू गरेको छ ।
कोरोनाका कारण गत वर्षदेखि नै समय तालिका प्रभावित भएकाले २ महिना ढिला गरी असार १ गतेदेखि शैक्षिक सत्र सुरू हुन लागेको छ ।
कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण भौतिक उपस्थितिमा पठनपाठन हुन नसकेपनि मंगलवारदेखि विद्यार्थीको नयाँ कक्षा प्रवेश, भर्ना तथा वैकल्पिक माध्यमबाट सिकाइ सुरू गर्न शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले निर्देशन दिएको छ ।
असार १५ गतेसम्म विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण गरिसक्नुपर्ने जनाइएको छ । भर्ना तथा पाठ्यपुस्तक वितरणपछि वैकल्पिक माध्यमबाट पठनपाठन सुरू गर्नुपर्ने निर्देशन छ ।
कोरोना संक्रमण सामान्य नभएसम्म वैकल्पिक विधिको माध्यमबाट विद्यार्थीको सिकाइ सहजीकरण कार्य जारी रहने मन्त्रालयको निर्णय छ ।
मंगलवारदेखि १० कक्षासम्मका लागि शैक्षिक सत्र सुरू भएको छ । ११ कक्षाको पठनपाठन भदौ १ गतेबाट सुरू हुने जनाइएको छ ।
विद्यालयले १० कक्षाको माध्यमिक शिक्षा परीक्षा (एसईई) का विद्यार्थीको आन्तरिक मूल्यांकन कार्य पूरा गरी साउन दोस्रो हप्तासम्म अन्तिम नतिजा प्रकाशित गर्ने र भदौबाट नयाँ कक्षा सुरू गरिने जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।