बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

‘प्राणघातक’ भएर आएको कालो ढुसीबाट कसरी जोगिने ? विज्ञको यस्तो सुझाव

‘प्राणघातक’ भएर आएको कालो ढुसीबाट कसरी जोगिने ? विज्ञको यस्तो सुझाव

  • मिडिया डबली
  • आइतवार, जेठ २३ २०७८

  • 8.2K
    SHARES

  • ‘प्राणघातक’ भएर आएको कालो ढुसीबाट कसरी जोगिने ? विज्ञको यस्तो सुझाव

    काठमाडौं – नेपालमा कोरोना संक्रमण भइसकेका बिरामीमा कालो ढुसीको संक्रमण समेत देखापर्न थालेको छ ।

    कोरोना संक्रमणपछि समयमै सचेत भए कालो ढुसीबाट बच्न सकिने चिकित्सकहरूको सुझाव रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न स्थानमा गरी १० जनामा कालो ढुसी रोग लागेको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले कोरोना संक्रमण भई उपचार गराइरहेका र निको भइसकेका व्यक्तिमा कालो ढुसी रोग लागेको बताए ।

    डा. पौडेलका अनुसार हालसम्म वीरगञ्ज, काठमाडौं, नेपालगञ्ज, कैलाली लगायतका ठाउँमा कालो ढुसीका रोगी पाइएका छन् । कालो ढुसी प्राणघातक भएकाले सचेत रहनुपर्ने उनको भनाइ छ ।

    केही दिनअघिसम्म कालो ढुसीको औषधि समेत नपाइरहेको अवस्थामा सरकारले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लाई आग्रह गरेर १ हजार भाइल औषधि ल्याइसकेको छ । प्रवक्ता डा. पौडेलले तत्काल थप २ हजार भाइल औषधि ल्याउने तयारी भइरहेको बताएका छन् । उनले स्वास्थ्य सेवा विभागमार्फत १० हजार भाइल औषधि खरिद गर्ने तयारी भइरहेको बताएका छन् ।

    वरिष्ठ नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. ढुण्डी पौडेलले कालो ढुसी रोग लाग्नै नदिनेतर्फ लाग्नुपर्ने बताउँदै यसको संक्रमण बढ्दै जाँदा शरीरका विभिन्न अंगमा क्षति पुर्‍याउने बताए । डा. पौडेलले कालो ढुसीको संक्रमण भएका बिरामीमा ज्वरो आइरहने, अनुहार, मुख, नाक, आँखा वरिपरि दुख्ने, आँखा र नाक सुन्निने, रातो हुने वा दुख्ने लगायतका लक्षण देखिने बताएका छन् । 

    डा. पौडेलले रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरुमा देखिने भन्दै रोग लाग्नै नदिनेतर्फ ध्यान दिनुपर्ने बताएका छन् ।

    मधुमेह रोग भएका व्यक्ति तथा एन्टिबायोटिक र स्टेरोइड औषधिको लामो समयसम्म प्रयोग गर्नेहरु कालो ढुसीको शिकार हुने भएकाले चिकित्सकको सल्लाह विना एन्टिबायोटिक तथा स्टेरोइडजस्ता औषधि सेवन नगर्न उनले आग्रह गरेका छन् । डा. पौडेलले कालो ढुसीको संक्रमणबाट बच्न सफा र सुक्खा मास्क प्रयोग गर्ने, डिस्पोजेबल मास्क पुनः प्रयोग नगर्ने, नियमित रुपमा हात धुने, धेरै धुलो भएको स्थानमा नजाने, ओसिलो ठाउँमा पनि रोगको संक्रमण हुने भएकाले ओसिलो ठाउँमा नजान आग्रह गरेका छन् ।

    उनका अनुसार कालो ढुसी एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्ने भन्दै शरीरमा रोग प्रतिरोधात्मक क्षमता नभएको अवस्थामा कालो ढुसीले संक्रमण गर्ने जानकारी समेत गराएका छन् । कालो ढुसीका लक्षणहरुमा ज्वरो आउने, आँखा, नाक सुन्निने, नाक वरिपरिको छाला कालो हुने, नाकबाट बाक्लो सिँगान आउने, मुख, नाक तथा आँखा वरिपरि दुख्ने, आँखाले धमिलो देख्ने, आँखा सुन्निनेजस्ता लक्षण देखा पर्ने उनले बताएका छन् ।

    कोरोनाको उपचारका क्रममा स्टेरोइड र एन्टिबायोटिक औषधि अत्यधिक सेवन गरेका व्यक्ति कालो ढुसीको उच्च जोखिममा रहेको जानकारी डा. पौडेलले दिएका छन् । मास्क नियमित लगाउने, नियमित हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने, घरबाहिर फोहोरमा काम गर्दा सचेत हुने, जथाभावी औषधि प्रयोग नगर्ने, मधुमेह भएका बिरामीले चिनीको मात्रालाई नियन्त्रण गर्ने, धुलो–धुवाँमा नबस्नेजस्ता सावधानी अपनाए म्यकुरमाइकोसिसबाट बच्न सकिने उनले जानकारी दिए ।

    डा. पौडेलले रोग प्रतिरोधात्मक क्षमता कम भएका बेला ब्याक्टेरियाले आक्रमण सुरू गर्ने बताए । शरीरका विभिन्न भागबाट आँखामा संक्रमण पुग्ने भन्दै उनले बिस्तारै आँखालाई हेर्न नसक्ने बनाउन सक्ने बताएका छन् । आजको गोरखापत्र दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७१०:०९:२४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend