काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेतलाई नियुक्ति दिएको छ ।
बिहीवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले दोलखाका बस्नेतलाई ४ वर्षका लागि काउन्सिलको अध्यक्ष पदमा नियुक्त गरेको छ ।
पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य समेत रहेका बस्नेत हालै सम्पन्न निर्वाचनमा महासचिव पदमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका पत्रकारको गठबन्धनसँग पराजित भएका थिए ।
कानून व्यवसायी समेत रहेका बस्नेतले कान्तिपुर दैनिकमा लामो समय काम गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।