बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

नेपालमा मुस्लिम जनसंख्या बढ्दा राष्ट्रिय सुरक्षामा खतरा

नेपालमा मुस्लिम जनसंख्या बढ्दा राष्ट्रिय सुरक्षामा खतरा

  • मिडिया डबली
  • मंगलवार, जेठ १८ २०७८

  • 10.0K
    SHARES

  • नेपालमा मुस्लिम जनसंख्या बढ्दा राष्ट्रिय सुरक्षामा खतरा
    फाइल तस्वीर

    काठमाडौँ- पछिल्लो समय नेपालमा मुस्लिमहरुको संख्या अत्यधिक बढेको तथ्यांक सार्वजनिक भएको छ । नेपालमा पहाड र तराईका मुसलमान गरि तीन थरीका मुसलमानहरुको बसोबास रहेको छ । सन् २००१ मा गरिएको जनगणना अनुसार नेपालको जनसंख्याको ४.२७२ प्रतिशत अर्थात नौ लाख ७५ हजार ९४९ मुस्लिम जनसंख्या रहेको नेपालमा पछिल्लो समय तीव्ररुपमा वृद्धि भइरहेको छ । 

    पछिल्लो समय नेपालमा शर्णाथीको रुपमा म्यानमार, पाकिस्तान र अन्य देशहरुबाट मुस्लिमहरु नेपाल प्रवेश गर्दा यहाँको तथ्यांक बढेको पाइन्छ । पश्चिममा देशहरुको नजरमा मुस्लिमहरु कटर धार्मीक समुदायको रुपमा चिनिँदै आएको र बिश्वमा मुस्लिम धर्मको नाममा विश्‍वका विभिन्‍न देशहरुमा हिंसात्मक गतिविधिहरुमा संलग्‍न भइरहेका छन् । 

    विभिन्‍न आतंकवादी समूहहरुको नेतृत्व पनि मुस्लिमहरुले नै गरिरहेका कारण मुस्लिम बाहुल्यता हुन भनेको सुरक्षामा खतरा हुनजस्तै भएको सुरक्षा स्रोतको ठम्याई छ । छिमेकी राष्ट्र भारतमा भएको आतंककारी हमलामा ती आतंकारीहरुले नेपालि भूमि प्रयोग गरेको पाइन्छ । नेपाली भूमिमा विदेशी मुस्लिम समुदायको धार्मीक गतिविधिहरुमा सरिक हुंदा छिमेकी राष्ट्र भारत र अन्य पश्चिममा देशहरुले शंकाको दृष्टिकोणले हरेको पाइन्छ ।

    पछिल्लो समय सुदूरपश्‍चिमको कैलाली क्षेत्रमा मुस्लिमहरुको संख्या बढेको देखिन्छ । कैलालिमा १० वर्षको अवधिमा १० वटा मस्जिद र १० वटा मदरसाहरु थप भएका छन् भने कञ्‍चनपुर, बाजुरा र अछाममा एक-एक मस्जिद र मदरासहरु थप भएका छन् । 

    सुरक्षा निकायले गरेको एक अध्ययन अनुसार दैनिक रुपमा मस्जिद मदरासामा गरिने गतिविधिबाहेक अन्य गतिविधि भएको नपाइए पनि यसैगरि मुस्लिमहरुको संख्यामा वृद्धि हुँदा सुरक्षा खतरा बढ्नसक्ने जनाइएको छ । 

    नेपालमा धर्मको नाममा विभिन्‍न गलत मनसायका साथ विदेशी शक्तीहरुहरु धर्मको नाममा विभिन्‍न गतिविधि सञ्‍चालन गरि धार्मिक सहिष्णुता, आपस‍ी सदभाव बिथोल्न सक्ने जनाइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, जेठ १८ २०७८०६:५३:१९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend