बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

नेपालमा समाजिक सद्‌भाव खल्ब्ल्याउँदै विदेशी मुस्लिम 

नेपालमा समाजिक सद्‌भाव खल्ब्ल्याउँदै विदेशी मुस्लिम 

  • मिडिया डबली
  • मंगलवार, जेठ १८ २०७८

  • 8.7K
    SHARES

  • नेपालमा समाजिक सद्‌भाव खल्ब्ल्याउँदै विदेशी मुस्लिम 

    काठमाडौँ- नेपालमा पछिल्लो समय विदेशी मुस्लिमहरुको संख्यामा तीव्र वृद्धि भएको छ । अफगानिस्तान, पाकिस्तान, म्यानमारलगायतका मुलुकहरुमा मुस्लिमहरुले नै मुस्लिम समुदायमाथि आक्रमण गर्ने, यातना दिने तथा नरसंहार मच्चाउनेजस्ता गतिविधिहरु गर्न थालेपछि शरणार्थीको रुपमा नेपाल आउने क्रम बढेको छ । 

    नेपालमा हुने विभिन्‍न धार्मिक कार्यक्रमहरुमा सहभागी हुन आउने विदेशि मुस्लिम धर्म गुरुहरुबाट सबभर्जन गर्न सक्ने एक प्रतिवेदन सार्वजनिक भएको छ । उक्त प्रतिवेदनमा अनुसार हिन्दु धर्मको बाहुल्यता रहेको सुदूरपश्‍चिम प्रदेशमा  मुस्लिम समुदायको पनि संख्या र मदरसा, मस्जिदको संख्या पनि वृद्धि भएको छ । 

    यसरी यो संख्या बढ्दै जाँदा आगामी दिनमा मुस्लिम समुदायले शक्ति प्रदर्शन गर्नसक्ने र सबै धर्मको हित भएन भने धार्मिक युद्ध हुन सक्ने चेतावनी दिइएको छ । वर्तमान अवस्थामा मुस्लिम समुदायले आफ्नो मस्जिद मदरासाहरुमा बालबालिका लगायत मुस्लिम समुदायलाई विदेशी मुस्लिम नागरीकबाट प्रशिक्षण गराउँदैसमेत पाइएको छ । 

    तराईका जिल्लाहरुमा मुस्लिम समुदायले आफ्नो बर्चस्व कायम गर्न मस्जिद-मदरासामा धेरै भन्दा धेरै बालबालिकालाई शिक्षा दिई मुस्लिम धर्मको प्रचार प्रसार गरी धर्मालम्बीहरुको संख्या बढाउन सक्ने देखिएको छ ।  नेपालको संविधान २०७२ अनुसार नेपाल धर्म निरिपेक्ष देशको रुपमा आफूलाई स्थापित गरि रहेको र नेपालको कुल जनसंख्या मध्ये अधिकांस जनसंख्याहरु हिन्दु धर्म मान्ने रहेको साथै मुस्लिम, क्रिश्‍चियन र अन्य धर्मले पनि आफ्नो स्थान बनाएको हुँदा धार्मिक द्वन्द्व निम्तिने खतरा रहेको जनाइएको छ। 

    हिन्दु समुदायको बाहुल्यता रहेको यस प्रदेशमा धार्मिक सदभाव कायम रहेको भए पनि दलित तथा थारु समुदायमा अन्ध विश्‍वासको प्रभाव परी धर्म परिवर्तन गरिरहेका छन् । भविष्यमा धर्म परिवर्तनले सुरक्षा चुनौति उत्पन्‍न हुने कुरालाई मध्यनजर गरी आवश्यक खबर संकलन गर्नु पर्ने देखिएकोसमेत जनाइएको छ । 

    विश्‍व इतिहास हेर्ने हो भने पनि जति ठूला आक्रमणहरु भएका छन्, ती सबै आतकंकारी हमलाहरुमा मुस्लिम समुदायसँग सम्बन्ध भएका आतकंकारी समूहहरुको नाम जोडिएको पाइन्छ । आतंककारी समूहहरुले विभिन्न आतकंकारी गतिविधिहरु सञ्‍चालन गर्न नेपाली भूमिको प्रयोग गरेको देखिन्छ । त्यस कारण नेपालमा हुने विदेशी मुस्लिम समुदायका व्यक्तिहरुको क्रियाकलापलाई नेपाल सरकारले सुक्ष्म निगरानी र उनीहरुको नेपाल भ्रमणको उद्देश्य बारेमा खबर संकलन गर्न पर्ने देखिन्छ । 

    नेपालमा कायम भएको धार्मिक सदभाव बिथ्लोने सम्भावित गतिबिधिहरुलाई जिल्ला प्रशासन, सरोकारवाला निकाय र सुरक्षा फौजबाट सुक्ष्म निगरानी र समन्वय गर्नु पर्ने देखिएको उक्त प्रतिवेदनमा उल्लेख छ । नेपालको संविधान अनुसार हरेक धर्मले आफ्नो धार्मिक गतिविधिहरु निर्वाद रुपमा संचालन गर्न पाउने अधिकार दिएको हुँदा नेपाल सरकारले त्यस्ता गतिविधिहरुलाई नियमन गर्नु पर्ने साथै नेपालमा रहेका धार्मिक समुदायहरु बीच वषौंदेखि रहेको धार्मिक सदभाव, मान/मर्यादाहरुलाई आंच आउन नदिन नेपाल सरकार चनाखो हुनु पर्ने सुझाइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, जेठ १८ २०७८०६:५८:२५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend