काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकले भारतबाट सरकारी (जीटुजी) तहबाटै रासायनिक मल खरिदका लागि प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।
सोमवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले भारतसँग जीटुजी सम्झौताबाट नेपाललाई आवश्यक मल ल्याउने प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।
बैठकमा सहभागी एक मन्त्रीका अनुसार रासायनिक मल अभाव हुन नदिन यसै वर्ष भारतसँग सम्झौता गरेर मल ल्याइने प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको छ ।
भारतसँग सरकारी तहमै सम्झौता गरेर मल खरिद गर्ने प्रक्रिया तत्कालै थाल्ने गरी मन्त्रिपरिषदले निर्णय गरेको जनाइएको छ ।
यस्तै, मन्त्रिपरिषद् बैठकले यसपालिको एसईई परीक्षाको नतिजा आन्तरिक मूल्यांकनबाटै प्रकाशित गर्ने निर्णय समेत गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।