आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

भारतीय सेनाद्वारा जम्मु काश्मीर बारामुलामा कोरोनाविरुद्धको जनचेतना कार्यक्रम आयोजना 

भारतीय सेनाद्वारा जम्मु काश्मीर बारामुलामा कोरोनाविरुद्धको जनचेतना कार्यक्रम आयोजना 

  • मिडिया डबली
  • सोमवार, जेठ १० २०७८

  • 4.7K
    SHARES

  • भारतीय सेनाद्वारा जम्मु काश्मीर बारामुलामा कोरोनाविरुद्धको जनचेतना कार्यक्रम आयोजना 

    जम्मु काश्मीर - भारतमा कोरोना महामारीको दोस्रो लहर सुरु भएको समयमा भारतीय सेनाले जम्मु काश्मीरको बारामुलामा कारोनाविरुद्धको जनचेतनामुलक कार्यक्रम आयोजना गरेको छ । यस पहलको उद्देश्य दुर्गम क्षेत्रका मानिसहरूमा महामारीको ज्वारलाई रोक्ने उपायहरू र सुरक्षाात्मक उपायहरूको बारेमा जनचेतना जगाउने रहेको जनाइएको छ । 

    सेनाका डाक्टर र स्थानीय मेडिकल स्टाफद्वारा कोरोनाका लक्षणहरू, रोकथामका उपाय र व्यवस्थापनका बारे जानकारीमूलक सत्रहरु सञ्चालन गरिएको थियो ।

    कोरोना महामारीको बढ्दो संक्रमणकाबीच भारतीय सेनाले गरेको यस पहलबाट कोरोना संक्रमण नियन्त्रणमा ठूलो भूमिका निर्वाह हने बताइएको छ । 

    सेनाका डाक्टर सिमरत राजदीप सिंहले उचित आचरणको अनुसरण गर्नुपर्नेबारे जानकारी गराएका हुन् । उनले कोरोनाविरुद्धको खोप अभियानलाई तीव्ररुपमा अघि बढाउन पहल भइरहेको जानकारी दिएका थिए । खोपले गम्भीर संक्रमणको सम्भावनालाई कम गर्ने भएकोले खोप लगाउन स्थानीयहरुलाई आग्रहसमेत गरेका छन् । 

    जागरूकता कार्यक्रममा भाग लिने जनताले भारतीय सेनाको पहललाई प्रशंसा गरेका छन् । भारतमा दोस्रो लहरले आक्रान्त बनाइरहेको समयमा जम्मु काश्मीरमा पनि संक्रमणको अवस्था नियन्त्रणमा रहेको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, माघ ६ २०७७०२:२७:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend