आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

पाकिस्तानको अधिनमा काश्‍मीर हुन नसक्ने भन्दै काश्‍मीरमा बृहत प्रदर्शन

पाकिस्तानको अधिनमा काश्‍मीर हुन नसक्ने भन्दै काश्‍मीरमा बृहत प्रदर्शन

  • मिडिया डबली
  • मंगलवार, माघ ६ २०७७

  • 5.4K
    SHARES

  • पाकिस्तानको अधिनमा काश्‍मीर हुन नसक्ने भन्दै काश्‍मीरमा बृहत प्रदर्शन

    काश्‍मीर - पाकिस्तानविरुद्ध पाकिस्तान प्रशासित काश्‍मीरमा बृहत प्रदर्शन गरिएको छ । पाकिस्तान सरकारले गरेको मानवअधिकार उल्लंघन र गलत व्यवहार र कुशासनविरुद्ध पाकिस्तान प्रशासित काश्‍मीरमा बृहत प्रदर्शन गरिएको हो ।

    पाकिस्तानले सरकारले एकाएक महँगी बढाएको, भ्रष्टाचार गरेको र नागरिकहरुलाई अनावश्यक पक्राउ गर्ने र आन्दोलन दबाउन खोजेको भन्दै मंगलबार बृहत प्रदर्शन गरिएको हो ।

    गत एक महिनादेखि पाकिस्तानमा सरकारको कुशासनविरुद्ध प्रदर्शन गरे पनि पाकिस्तानी सेना र आईएसआईका प्रतिनिधिहरुले नेतृत्व गरिरहेको सरकारले आन्दोलनलाई दबाउने काम गरिरहेको थियो ।

    आफ्ना माग पूरा गर्नुपर्ने भन्दै गरिएका शान्तिपूर्ण आन्दोलनहरु दबाउन खोजेपछि थप आन्दोलनहरु चर्किएका हुन् । प्रदर्शनकारीहरुले प्रहरी चौकीमा आगजनी गर्नुका साथै पुलहरुसमेत भत्काएका छन् ।

    उनीहरुले काश्‍मीर पाकिस्तानको नभएको र आगामी दिनमा पनि हुन नसक्नेसमेत बताएका छन् । केही प्रदर्शनकारीहरुलाई नियन्त्रणमा समेत लिएको छ । यसअघि जनवरी १३ मा पनि काश्‍मीरमा बृहत प्रदर्शन गरिएको थियो ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, चैत्र १० २०७७०१:०३:०३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend