जम्मु काश्मीर - जम्मू कश्मीरका सुरक्षा बलले यस वर्ष केन्द्र शासित प्रदेशमा विभिन्न संगठनसँग आबद्ध २०० भन्दा बढी आंतककारीलाई समाप्त पारेको छ । अक्टोबरसम्म जम्मु काश्मीर सुरक्षा फौजले विभिन्न अप्रेसनमा आतंककारीलाई मारेका हुन् ।
गत वर्ष १२ महिनाको अवधिमा १५७ आतंककारी मारिएका थिए । सुरक्षा बलको संकलित तथ्यांक अनुसार सेन्ट्रेल रिजर्भ पुलिस फोर्स, इन्डियन आर्मी र जम्मु काश्मीर प्रहरीले जुनमा मात्र ४९ आतंककारीलाई मारेको थियो । यो एक महिनामा आतंककारी मारिएको सबैभन्दा धेरै हो । यो गत वर्षको तुलनामा करिब दोब्बर हो ।
त्यसैगरी अप्रिलमा २८ र जुलाई र अक्टोरबमा २१ जना आतंककारी मारिएका थिए ।
तथ्यांकका अनुसार अक्टोबरसम्ममा दक्षिण काश्मीरमा सबैभन्दा धेरै १३८ आतंककारी मारिएका थिए । सोपियन र पुलावामा स्थानीय युवाहरुलाई आतंकारी समूहमा संलग्न गराउने गरेको पाइएको छ ।
सोपियन र पुलावामा गरी ९८ आतंककारी मारिएका छन् । हरेक क्षेत्रमा ४९-४९ आतंककारी मारिएको पाइएको हो ।
भारतीय सुरक्षा फौजले सबैभन्दा बढी ७२ हिजबुल मुजाद्दीन आतंकवादी समूहका आतंककारीहरु मारिएको जनाको छ । हिजबुल मुजाद्दीन आतंकवादी समूहलाई पाकिस्तानले सहयोग गरिरहेको छ ।
विशेष खुफिया स्रोतका अनुसार पाकिस्तानले हिजबुल आतंकवादी समूहलाई जम्मु काश्मीरमा अस्थिरता निम्त्याएर स्थानीयहरुलाई निशाना बनाउने परिचालन गरेको पाइएको छ ।
त्यसैगरी लस्कर-इ-ताइबाका ४९ आतंककारीहरु मारिएका छन् । लस्कर इ- ताइबाले जम्मु काश्मीरको आन्तरिक सुरक्षा बललाई निशाना बनाएको छ भने हिजबुलले राजनीतिक हत्यालाई निशाना बनाएको छ ।
त्यसैगरी जयश-ई-मोहम्मदका ३७ जना र अन्य ३२ जना आतंककारी मारिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।