आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

 जम्मु काश्‍मीरमा पहिलो जिल्ला विकास परिषद्‌को निर्वाचनको तयारी

 जम्मु काश्‍मीरमा पहिलो जिल्ला विकास परिषद्‌को निर्वाचनको तयारी

  • मिडिया डबली
  • बुधवार, मंसिर १० २०७७

  • 15.0K
    SHARES

  •  जम्मु काश्‍मीरमा पहिलो जिल्ला विकास परिषद्‌को निर्वाचनको तयारी

    रजौरी - जम्मु काश्‍मीरमा पहिलो जिल्ला विकास परिषद्‌ (डीडीसी)को निर्वाचनको बृहत तयारी भइरहेको छ । नोभेम्बर २८ देखि सुरु हुने निर्वाचन ८ चरणमा सम्पन्‍न हुने भएको छ । निर्वाचनको तयारी व्यापकरुपमा अघि बढेपछि उमेदवारहरु निर्वाचन कार्यलयनमा गएर आफ्नो उमेदवारी दिने गरिरहेका छन् । 

    जम्मु काश्‍मीरमा संघअन्तर्गत आएपछि हुन लागेको पहिलो डीडीसी निर्वाचनका लागि रजौरी जिल्लाको ब्लक कोटरन्का (बुधाल) का मतदाताहरु निकै उत्साहित भएका छन् । चारवटा डीडीसीमा विभाजित गरिएको रजौरीमा निर्वाचनपछि विकास निर्माणका कामहरु थप तीव्र गतिमा अघि बढ्ने स्थानीयहरुको अपेक्षा रहेको छ ।

    “हाम्रो लागि यो चुनाव प्रजातन्त्रको चाड जस्तै हो । मानिसहरू यसबारेमा खुशी छन् । यो एक नयाँ प्रणाली हो जसमा शक्ति प्रत्यक्ष रूपमा मानिसहरूका हातमा आउँदछ । यसअघिको क्षेत्रमा  चारजनाको विधायकहरु निर्वाचित हुने र निश्‍चित व्यक्तिको मुद्दाहरूको समाधान हुने गरेको थियो," एक स्थानीयले भने । 

    “यसअघि कोही पनि गरिबको समस्याबारे सोध्न जान्दैनथ्यो । निर्वाचनपछि निर्वाचित हुने सरपंच, बीडीसी अध्यक्ष र नयाँ पार्षद भएपछि योजनाहरु ब्लक विकास काउन्सिलमा जानेछ,” उनले थपे ।

    राज्य निर्वाचन आयुक्त केके शर्माले जिल्ला विकास समितिको पहिलो निर्वाचनको आठै चरण डिसेम्बर १९ मा सम्पन्‍न हुने र २२ डिसेम्बरमा मतगणना सम्पन्‍न गरिने बताएका छन् ।

    उनले पञ्चायत उपचुनावका नतीजाहरू मतदानको दिनमा घोषणा गरिनेसमेत बताएका छन् । मतदान गर्ने समय बिहान ७ देखि अपरान्ह २ सम्म हुनेछ ।

    सरपंच फजल चौहानले जनताका समस्याहरू द्रुत रूपमा समाधान हुने भएकाले जिल्ला विकास समितिका प्रतिनिधिहरूले सानो क्षेत्रको हेरचाह गर्नुपर्ने बताएका छन् । 

    “जब पहिलो पटक डिडीसी चुनावको घोषणा भएको थियो, मानिसहरूलाई यो कस्तो प्रकारको चुनाव हो भनेर थाहा थिएन । मलाई लाग्छ जब क्षेत्र सनाो छ तब मानिसको समस्याहरू द्रुत रूपमा समाधान हुनेछन् । मैले यस प्रकारको विधानसभा चुनाव वा पञ्चायतको चुनावमा मानिसहरू भाग लिइरहेको देखेको छु । मलाई आशा छ कि चुनाव शान्तिपूर्वक सम्पन्न हुनेछ,” उनले भने ।

    राज्य निर्वाचन आयुक्त शर्माले डीडीसी र पञ्चायत चुनावको लागि मतदान मतपत्र बक्समार्फत हुनेछन् , जबकि कोविड १९ का बिरामीहरु, ज्येष्ठ नागरिकहरु र शारीरिक रुपमा अस्वस्थ बिरामीहरुलाई हुलाक मतपत्रहरु उपलब्ध हुनेछन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, चैत्र १० २०७७०१:०३:०३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend